2026-10-02 07:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामको माङसेबुङ गाउँपालिका- ४ मा नेकपा एमाले प्यानलै विजयी

 वैशाख ३१, इलाम | इलामको माङसेबुङ गाउँपालिका ४ मा नेकपा एमाले प्यानलै विजयी भएको छ । गठबन्धनका उम्मेद्वार दिलकुमार लिम्बुलाई ५४ मतान्तरले पराजित गर्दै एमालेका उम्मेद्वार नविन लिम्बु बिजयी भभएका हुन् । दिलकुमार लिम्बूले ३ सय २५ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलकुमार लिम्बूले २ सय ७१ मत पाएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेद्वार आषिश जवेगूले २ सय ६८ मत पाएका थिए । महिला सदस्यमा एमालेकै कल्पना राई (३४४ मत), दलित महिला सदस्यमा गोमादेवी विश्वकर्मा (३३८ मत) र खुल्ला सदस्यहरुमा टेकमान लिम्बू (३४५ मत) र धनबहादुर राई (३१० मत) विजयी भएका छन् ।

सो वडाबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा भने गठनबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । सो वडाबाट अध्यक्षमा कांग्रेसका डिकेन्द्र इदिङ्गोले ४ सय ८७ मत पाएका छन् । एमालेका हेमन्त राईले ३ सय ४६ मत पाएका छन् ।

उपाध्यक्षमा गठबन्धनकै जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङले ४ सय २१ मत पाएका छन् । एमालेकी सुनिता सुब्बाले ३ सय ४७ मत पाएकी छिन् । अहिले वडा नम्बर ५ र १ को मतगणना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने