भदौ १७, बाँके । नेपालगन्जको धम्बोझी चोकमा पुनःस्थापना गरिएको स्वर्गीय राजा वीरेन्द्रको शालिक २४ घण्टा नबित्दै प्रहरीले बिहीबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, बाँके । नेपालगन्जको धम्बोझी चोकमा पुनःस्थापना गरिएको स्वर्गीय राजा वीरेन्द्रको शालिक २४ घण्टा नबित्दै प्रहरीले बिहीबा"/>
३ माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

पूर्वराजा वीरेन्द्रको सालिक मध्यरातमा हटाएपछि…

१७ भाद्र २०७३, शुक्रबार ०६:१९

भदौ १७, बाँके । नेपालगन्जको धम्बोझी चोकमा पुनःस्थापना गरिएको स्वर्गीय राजा वीरेन्द्रको शालिक २४ घण्टा नबित्दै प्रहरीले बिहीबार राती हटाएको छ । 

जनआन्दोलन २०६२-६३ मा हटाइएको शालिक पुनःस्थापना गरिएपछि राप्रपा नेपाल बाहेक जिल्लाका अन्य राजनीतिक दलले बिरोध जनाउँदै हटाउन सरकारलाई अल्टिमेटम दिएपछि स्थानीय प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राती हटाएको हो ।

बिहानैदेखि नेपालगन्जको चोकचोकमा सयौँ जनपद र सशस्त्र प्रहरी परिचालन

आज बिहानैदेखि नेपालगन्जको चोकचोकमा सयौँ जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । बिहीबार बिहान पुनः स्थापित पूर्वराजा वीरेन्द्र शाहको सालिक मध्यराति हटाएपछि शान्तिसुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रहरीले नेपालगन्जका चोक चौराहामा सुरक्षा व्यवस्था कडा बनाएको हो । 

सालिक पुनः स्थापना गरेका राष्ट्रवादी युवाले स्व वीरेन्द्रको सालिक हटाएमा कडा प्रतिवाद गर्ने अभिव्यक्ति दिएकाले प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । 

नेपालगन्जको सेतु विक चोक, धम्बोझी चोक, पुष्पलाल चोक र बिपीचोकलाई प्रहरीले घेरा हालेर सुरक्षा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ