२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका दुई वडामा कांग्रेस र माओवादी विजयी

२०७९, ३१ बैशाख शनिबार ०८:३९

वैशाख ३१, अछाम | अछाम जिल्लामा वडा तहको मतपरिणाम आउन सुरु भएको छ । अहिलेसम्म एउटा वडामा नेकपा माओवादी केन्द्र र अर्काेमा कांग्रेस विजयी भएकाे छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर १ मलातीकोटमा माओवादीका चक्र साउदको प्यानल विजयी भएकाे छ  भने कमलबजार नगरपालिका वडा नम्बर १० मा कांग्रेसका भिमबहादुर बिष्ट विजयी भएका छन् । साउदले ५ सय १९ मत पाएका छन् ।

सो वडामा माओवादीकै नरराज खनाल, लाली भण्डारी, डम्बरा साउद र जमुना विक सदस्यमा विजयी भएका छन् । यो वडाबाट गाउँपालिका अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रलाई ५ सय १० र उपाध्यक्षलाई ४ सय ५९ मत प्राप्त भएको छ ।

 यसैगरी कमलबजार नगरपालिका वडा नम्बर १० मा कांग्रेसका भिमबहादुर बिष्ट विजयी भएका छन् । उनले ४ सय ५२ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवारले ३ सय ४६ मत ल्याएर पराजित भए ।  

अछाममा मतगणना भइरहेका दुई गाउँपालिका र एक नगरपालिकामध्ये कमलबजार नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिमा कांग्रेसले अग्रता लिएको छ  भने रामारोशन गाउँपालिकामा माओवादीको अग्रता छ । जिल्लाको मंगलसेन नगरपालिका, ढकारी गाउँपालिकालगायतका केहि स्थानीय तहमा पनि मतगणनाको तयारी भइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी