2026-10-02 07:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

जसपाका केन्द्रीय सदस्य वडा सदस्यमा निर्वाचित

जेठ २, खोटाङ | जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई खोटाङको साकेला गाउँपालिका-२ रतन्छाको वडा सदस्य निर्वाचित भएका छन् । २५ वर्षअघि भएको स्थानीय निकायको निर्वाचनबाट रछन्छाको गाविस अध्यक्ष चुनिएका राई यसपल्ट वडा सदस्यमा निर्वाचित भएका हुन् । उनले ३२५ मत पाएका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको गठनबन्धनको सहमतिअनुसार उनी जिल्ला समन्वय समितिमा जानेगरी वडा सदस्यमा उठेका हुन् । उनी २०६४ र २०७० को संविधानसभा सदस्यमा पनि उठेका थिए ।

केही समयअघि मात्र उनी दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समितिका अध्यक्षको भूमिकाबाट बिदा भएका हुन् । राई २०५४ सालमा एमालेबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए । उनले गाविसको पञ्चवर्षीय योजना बनाए, भिलेज प्रोफाइल बनाए जुन काम जिल्लामै पहिलोपल्ट भएको थियो । तत्कालीन गाविसलाई नमुना बनाउन पहल गरेबापत उनले तत्कालीन जिल्ला परिषदबाट उत्कृष्ट गाविस अध्यक्षको रूपमा सम्मान पाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने