2026-10-02 07:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको खोटेहाङमा बागी उम्मेदवार वडाध्यक्षमा विजयी

जेठ २, खोटाङ | खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीमा स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर थापा विजयी भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित थापा यस निर्वाचनमा स्वतन्त्रबाट उठेर विजयी भएका हुन् ।

              

उनी एमालेका कृष्णबहादुर खड्कालाई ८९ मतले पछि पार्दै वडाध्यक्षमा चुनिएका हुन् । थापाले ५७३ मत र खड्काले ४८४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

थापा दोश्रो कार्यकालका लागि वडाध्यक्षका उम्मेदवारका आकांक्षी थिए । तर कांग्रेसले सुशील उदासलाई उम्मेदवार बनाएपछि थापाले बागी उम्मेदवारी दिएका थिए । कांग्रेसका आधिकारिक उम्मेदवार उदासले १२४ मत पाएका छन् ।

उम्मेदवार छनौटमा नेतृत्वबाट गलत निर्णय भएको भन्दै कांग्रेसको वडा कार्यसमितिका सभापति गणेश खड्कासहित १२ जनाले गत १४ वैसाखमा संयुक्त विज्ञाप्तिमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने घोषणा गरेका थिए ।

संकटको समयमा जितेको र संगठन बनाएको ठाउँमा टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिनुपरेको थापाले बताए । सो वडामा राप्रपाका राविज भुजेलले सात मत पाएका छन् । 

आधिकारिक उम्मेदवारिवरुद्ध बागी उठेको भन्दै कांग्रेसले थापालाई विधान २०१७ (संसोधन सहित)को दफा ३४ को उपदफा ४ (क) बमोजिम ५ वर्षका लागि पार्टीको साधारण सदस्यता नरहने गरी निष्कासनको घोषणा गरिसकेको छ । थापा कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने