पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ २, भरतपुर ।</b> भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले मतान्तर बढाएका छन् । उनले माओवादीकी रेनु दाहाललाई ५४ मतले पछि पारेका हुन् । १४ हजार ०३० मत गन्दासम्म सुवेदी ४ हजार ७ सय ५७ मत पाएका छन भने नेकपा माओवादीका उम्मेदवार दाहालले ४ हजार ७ सय ३ मत प्राप्त गरेकी छन् ।<br></p><p>त्यस्तै प्रमुख मै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल २ हजार १ सय ३१ मत पाएर तेस्रो स्थानमा छन् ।</p><p>यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार ५ सय ९५ मतसहित अग्रता लिएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङको ३ हजार ७ सय ८९ मत छ ।</p>

