रावाबेँसी अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले

साझासवाल

जेठ ३, खोटाङ | खोटाङको रावाबेँसी गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षामा एमालेका उम्मेदवार विजयी भएको छ ।

अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कौशिलाकुमारी गुरुङ विजयी भएका हुन् ।

एमालेका हरिकुमार पोखरेलभन्दा १८६ बढी मत ल्याएर श्रेष्ठ गाउँपालिका अध्यक्षमा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपाध्यक्षमा विजयी गुरुङले २२५७ मत पाएकी छन् । उपाध्यक्षका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका लिलानारायण श्रेष्ठले २१२० मत पाएका छन् । रावाबेँसीमा कांग्रेस र माओवादी केन्द्रको मात्र गठबन्धन थियो ।

Leave a Comment

Leave a Reply