२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामले पायो लेप्चा समुदायबाट पहिलो वडाध्यक्ष

३ जेष्ठ २०७९, मंगलवार ०४:५६

जेठ ३, इलाम | इलामको रोङ गाउँपालिकामा लोपन्मुख लेप्चा समुदायबाट राजकुमार लेप्चा वडाध्यक्षमा निर्वाचित भएका छन् । स्थानीय तह कार्यान्वयनपछि लेप्चा समुदायबाट उनी पहिलो वडाध्यक्ष हुन् । राज्य पुन:संरचनाको क्रममा रोङ लेप्चा भाषाबाट राखिएको पालिकाको नाम हो । राजकुमार लेप्चा त्यही पालिकाको वडा नम्बर ४ बाट वडाध्यक्ष निर्वाचित भएका हुन् ।

लेप्चा समुदायबाट पहिलो संविधानसभामा दुई जनाले प्रतिनिधित्व गरेका थिए । सकुन्तला लेप्चा र टिकाराम सुब्बा लेप्चा संविधानसभा सदस्य भएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा सूर्योदय नगरपालिकामा बीरबहादुर लेप्चा कार्यपालिका सदस्य निर्वाचित भएका थिए । जिल्लाको विभिन्न पालिकामा गरेर पाँच जना वडा सदस्यमा निर्वाचि भएका थिए ।

रोङ गाउँपालिका–४ मा निर्वाचित राजकुमार लेप्चाले स्वतन्त्र उम्मेदवारलाई पराजित गरेका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका लेप्चाले ४१० मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार सुर्य राईले ३४१ मत पाएका थिए ।

अन्य वडा सदस्यहरुमा एमालेका हर्कबहादुर राईले ३५३ मत, दलित महिला एमालेकै बालकुमारी विश्वकर्माले ३९७ मतसहित विजयी भएका छन् भने एक जना महिला सदस्य एमालेकै मिना देवी तामाङ यसअघि नै  निर्विरोध भएकी थिइन् ।

यसैबीच रोङ गाउँपालिकाको ३ मा नेपाली काग्रेसका मात्रिका बराल विजयी भएका छन् । उनले ८८५ मत पाएका छन् भने निकटतम प्रतिद्वन्दी एमालेका दिलिप राईले ८६५ मत पाएका छन् । बराल यसअघि पनि सोही वडाको वडाध्यक्ष थिए । वडाध्यक्षबाहेक सबै सदस्य पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा सदस्यमा प्रेमराज गुरुङ र लिला राउत, इन्दिरा देबी विश्वकर्मा, अमृत भुजेल निर्वाचित भएका छन् ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला