२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामले पायो लेप्चा समुदायबाट पहिलो वडाध्यक्ष

२०७९, ३ जेष्ठ मंगलवार ०४:५६

जेठ ३, इलाम | इलामको रोङ गाउँपालिकामा लोपन्मुख लेप्चा समुदायबाट राजकुमार लेप्चा वडाध्यक्षमा निर्वाचित भएका छन् । स्थानीय तह कार्यान्वयनपछि लेप्चा समुदायबाट उनी पहिलो वडाध्यक्ष हुन् । राज्य पुन:संरचनाको क्रममा रोङ लेप्चा भाषाबाट राखिएको पालिकाको नाम हो । राजकुमार लेप्चा त्यही पालिकाको वडा नम्बर ४ बाट वडाध्यक्ष निर्वाचित भएका हुन् ।

लेप्चा समुदायबाट पहिलो संविधानसभामा दुई जनाले प्रतिनिधित्व गरेका थिए । सकुन्तला लेप्चा र टिकाराम सुब्बा लेप्चा संविधानसभा सदस्य भएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा सूर्योदय नगरपालिकामा बीरबहादुर लेप्चा कार्यपालिका सदस्य निर्वाचित भएका थिए । जिल्लाको विभिन्न पालिकामा गरेर पाँच जना वडा सदस्यमा निर्वाचि भएका थिए ।

रोङ गाउँपालिका–४ मा निर्वाचित राजकुमार लेप्चाले स्वतन्त्र उम्मेदवारलाई पराजित गरेका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका लेप्चाले ४१० मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार सुर्य राईले ३४१ मत पाएका थिए ।

अन्य वडा सदस्यहरुमा एमालेका हर्कबहादुर राईले ३५३ मत, दलित महिला एमालेकै बालकुमारी विश्वकर्माले ३९७ मतसहित विजयी भएका छन् भने एक जना महिला सदस्य एमालेकै मिना देवी तामाङ यसअघि नै  निर्विरोध भएकी थिइन् ।

यसैबीच रोङ गाउँपालिकाको ३ मा नेपाली काग्रेसका मात्रिका बराल विजयी भएका छन् । उनले ८८५ मत पाएका छन् भने निकटतम प्रतिद्वन्दी एमालेका दिलिप राईले ८६५ मत पाएका छन् । बराल यसअघि पनि सोही वडाको वडाध्यक्ष थिए । वडाध्यक्षबाहेक सबै सदस्य पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा सदस्यमा प्रेमराज गुरुङ र लिला राउत, इन्दिरा देबी विश्वकर्मा, अमृत भुजेल निर्वाचित भएका छन् ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस