2026-10-02 07:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रदेश नम्बर १ मा काँग्रेस अगाडि, यस्तो छ दलहरूको जित र अग्रताको अवस्था (विवरणसहित)

जेठ २, काठमाडौं | प्रदेश नंबर १ का १४ जिल्लाका स्थानीय तहमा हालसम्म भएको मतगणनाका क्रममा नेपाली काँग्रेसले सबैभन्दा धेरै जित निकालेको छ । अग्रता हासिल गरेका स्थानीय तहमा पनि पहिलो स्थानमा छ ।

काँग्रेसले प्रदेश १ का ३२ स्थानीय तहमा जित हासिल गरेको छ भने ३२ स्थानीय तहमा अग्रता हासिल गरेको छ ।

दोश्रो स्थानमा रहेको एमालेले १६ स्थानीय तह जितेको छ भने २८ स्थानीय तहमा अग्र स्थानमा रहेको छ ।

यस्तै माओवादी केन्द्रले ८ स्थानीय तह जितेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले एक स्थानीय तहमा जितेको छ भने २ वटामा अग्र स्थानमा रहेको छ । जनता समाजवादी पार्टीले १ स्थानीय तह जितेको छ भने १ जना स्वतन्त्र उम्मेदवारले जितेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ स्थानीय तहमा अग्रता हासिल गरिरहेको छ ।

यस्तो छ प्रदेश १ का जिल्लाहरुमा दलहरुले हासिल गरेको परिणाम :

ताप्लेजुङमा ४ स्थानीय तह काँग्रेसले जितेको छ । एमालेले ३ स्थानीय तह जितेको छ भने माओवादी केन्द्रले २ स्थानीय तह जितेको छ ।

पाँचथरमा काँग्रेसले ४ स्थानीय तह जितेको छ भने ३ मा अग्रता लिएको छ ।  माओवादी केन्द्रले १ स्थानीय तहमा अग्रता लिएको छ ।

इलाममा २ स्थानीय तह काँग्रेसले जितेको छ भने ३ तहमा अग्रता लिएको छ ।  एमालेले १ स्थानीय तह जितेको छ भने २ मा अग्रता लिएको छ । नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा अग्रता लिएको छ ।

झापामा ६ स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ । एमालेले ७ स्थानीय तहमा अग्रता लिएको छ । २ स्थानीय तहमा राप्रपाले अग्रता लिएको छ । 

संखुवासभामा ५ स्थानीय तहमा काँग्रेसले जितेको छ । एमालेले २ स्थानीय तह जितेको छ २ स्थानीय तहमा अग्रता लिएको छ ।

तेह्रथुममा काँग्रेसले ३ स्थानीय तह जित्दा एमालेले पनि ३ स्थानीय तह जितेको छ ।

भोजपुरमा ३ स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ भने १ स्थानीय तहमा जितेको छ । यस्तै एमालेले २ स्थानीय तह र माओवादी केन्द्रले २ स्थानीय तह जितेको छ ।

धनकुटामा ३ स्थानीय तहमा काँग्रेसले जितेको छ भने २ वटामा अग्रता लिएको छ । यस्तै एमालेले एउटा पालिका जितेको छ भने एउटामा अग्रता लिएको छ ।

मोरङमा काँग्रेसले १ स्थानीय तह जितेको छ भने ५ स्थानीय तहमा अग्रता लिएको छ । एमालेले १० स्थानीय तहमा अग्रता लिइरहेको छ ।

उदयपुरमा काँग्रेसले १ स्थानीय तहमा अग्रता लिएको छ । एमालेले ३ स्थानीय तहमा अग्रता लिएको छ । यस्तै माओवादी केन्द्रले ३ स्थानीय तह जितेको छ भने नेकपा एकीकृत समाजवादीले १ स्थानीय तह जितेको छ ।

ओखलढुङ्गामा २ स्थानीय तह काँग्रेसले जितेको छ भने एउटा स्थानीय तहमा अग्रता लिएको छ । एमालेले १ स्थानीय तह जितेको छ भने एउटा स्थानीय तहमा अग्रता लिएको छ । यस्तै माओवादी केन्द्र,जनता समाजवादी र स्वतन्त्र उम्मेदवारले एक–एक स्थानीय तह जितेका छन् ।

खोटाङमा काँग्रेसले ४ स्थानीय तह जितेको छ भने २ वटामा अग्रता लिइरहेको छ । एमाले र माओवादी केन्द्रले दुई दुई स्थानीय तह जितेका छन् ।

सोलुखुम्बुमा काँग्रेसले ३ स्थानीय तह जितेको छ । एमालेले २ स्थानीय तह जितेको छ भने एउटामा अग्रता लिएको छ । यस्तै माओवादी केन्द्रले १ स्थानीय तह जितेको छ ।

सुनसरीमा ६ स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ । एमालेले ५ स्थानीय तहमा अग्रता लिएको छ । जनता समाजवादी पार्टीले एक स्थानीय तहमा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने