<p><b>जेठ ३, मुगु | </b>मुगुको छायाँनाथ रारा नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा कांग्रेसका वडा नं ४ का निवर्तमान वडाध्यक्ष बिष्णु कुमार भाम र उपमेयरमा ऐश्वर्य मल्ल विजयी भएका हुन् । <br></p><p>मेयरमा विजयी भामले ४ हजार ५ सय ९९ मत ल्याएएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बर बहादुर रावलले ३ हजार ८ सय ६० मत ल्याएका छन् । विजयी भामले एमालेका रावललाई ७ सय ३९ मतान्तरले फरक पारेका छन् । </p><p>उपमेयर ऐश्वर्य मल्लले ४ हजार ३ सय २५ मत ल्याएकी छिन् । उनकी प्रतिद्वन्द्वी एमालेकी टोमा लामाले ३ हजार ७ सय १७ मत प्राप्त गरेकी छिन् ।</p>
मुगुको छायाँनाथ रारा नगरपालिकाको मेयर उपमेयरमा कांग्रेस विजयी
Leave a Comment

