2026-10-02 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा चार पालिकाको नतिजा : एमाले दुई, कांग्रेस र राप्रपाको एक/एकमा विजयी

जेठ ४, झापा | झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हाे। कन्काई, हल्दिबारी, बाह्रदशी र कचनकवलको नतिजा सार्वजनिक भएको हो । यी तीन स्थानीय तहमा एमाले दुई, कांग्रेस र राप्रपाले एक/एक पालिका जितेका छन् ।

कन्काई नगरपालिका एमालेले जितेको छ । नगर प्रमुखमा पुनः एमालेका राजेन्द्र पोखरेल निर्वाचित भए । पोखरेलले ८ हजार ६७३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६६१ मत पाएका थिए । यद्यपि, यो नगरपालिकामा बागीका कारण कांग्रेसलाई घाटा भएको छ । टिकट नपाएपछि असन्तुष्ट रहेका कांग्रेस महाधिवेशन प्रतिनिधि शेरबहादुर थापाले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिए । थापाले ५ हजार ६९१ मत पाए ।

कन्काई नगरप्रमुखमा जित निकाले पनि एमालेलाई यसपटक भने विगतको तुलनामा क्षति भएको छ । विगतमा प्रमुख र उपप्रमुख नै जितेको एमालेले यसपटक उपप्रमुख गुमाएको छ ।  उपप्रमुखमा भने कांग्रेसकी आशा शर्मा सिवाकोटी विजयी भएकी छिन् । उनले १० हजार ७१३ मत पाएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी मञ्जु प्रसाईंले ८ हजार ८४५ मत पाइन् । प्रसाईं यसअघि कन्काई नगरपालिकाकी उपप्रमुख थिइन् । कन्काईमा ९ वटा वडामध्ये सातमा एमाले र दुईमा कांग्रेस विजयी भए ।

एमालेले बाह्रदशी गाउँपालिका जितेको छ । कांग्रेसकाे इतिहासलाई उल्ट्याउँदै एमालेले जित निकालेको हो । यहाँ एमालेका देवीन्द्रप्रसाद चम्लागाईं ७ हजार १८४ मतका साथ विजयी भएका छन् । यस गाउँपालिमामा यसअघि कांग्रेसका खड्गप्रसाद राजवंशी अध्यक्ष थिए । राजवंशी यसपटक पराजित भएका छन् । उनले चार हजार ३६१ मत पाए । उपाध्यक्षमा पनि एमालेकी शान्तादेवी सिवाकोटी विजयी भएकी छन् । उनले ६ हजार ६३६ मत पाइन् । उनकी प्रतिद्वन्दी राप्रपाकी कमला राजवंशीले ४ हजार १९५ मत पाइन् । यो गाउँपालिकामा सातवटा वडा छन् । जसमध्ये चारमा कांग्रेस, एक एमाले, एउटा वडामा राप्रपा र एउटा वडामा स्वतन्त्र विजयी भएका छन् । 

यस्तै, कचनकवल गाउँपालिकामा कांग्रेस विजयी भएको छ । राप्रपाको किल्लामा कांग्रेसले जित निकालेको हो । यसअघि अध्यक्ष र उपाध्यक्षमै जित निकालेको राप्रपा यसपटक पराजित भएका छ । यहाँ कांग्रेसका कालेन्द्रप्रसादसिंह राजवंशी विजयी भएका छन् । राजवंशीले ११ हजार ४ सय ५७  मत प्राप्त गरे । राप्रपाका अञ्जारा आलम ६ हजार ६ सय ६७ मतका साथ पराजित भए । 

उपाध्यक्षमा भने एमालेका नवराज भट्टराई ८ हजार १ सय ४३ मतका साथ विजयी भए । उनकी निकटतम प्रतिद्वन्दी राप्रपाका निमसरी राजवंशीले ६ हजार ८ सय २ मत पाइन् ।  यहाँ राप्रपालाई हराउन कांग्रेस-एमाले तालमेल भएको थियो । यो गाउँपालिकामा कांग्रेसले सात वडामध्ये ६ कांग्रेस र एक एमाले एउटा वडा जितेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गाउँपालिका हल्दिबारीमा भने राप्रपा विगतको तुलनामा सुधारिएको छ । विगतमा अध्यक्ष मात्र जितेर अल्पमतमा परेको राप्रपाले यसपटक भने उपाध्यक्षमा पनि जित निकालेको छ । गाउँपालिका अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देन विजयी भएका हुन् । रवीन्द्रले ६ हजार ८ सय ५६ मत प्राप्त गरे । उनी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनी राप्रपा अध्यक्ष लिङ्देनका भाइ हुन् ।  उनका निकटतम प्रतिद्वन्दी एमालेका डम्बर गिरीले चार हजार ६ सय ६६ मत प्राप्त गरे । 

यस्तै गाउँपालिका उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनाली विजयी भएकी छन् । उनले पाँच  हजार ७८ मत प्राप्त गर्दा नकटतम प्रतिद्वन्दी एमालेकी शान्ता गौतमले चार हजार एक सय ६ मत प्राप्त गरिन् । यहाँ दुईवटा वडा राप्रपा, कांग्रेस, माओवादी र एमालेले एक/एक वडा जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने