<p>जेठ ४, भरतपुर | चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै छ । २६ हजार ४ सय २६ मत गणना हुँदा रेनुले ९ हजार ५ सय ४२ मत प्राप्त गरेकी छिन् ।<br></p><p>त्यस्तै, एमालेका विजय सुवेदीले ८ हजार ८७ मत प्राप्त गरी रेनुलाई पछ्याइरहेका छन् । अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३ सय १५ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ३ सय ८२ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरूङले ६ हजार ५ सय ९३ मत प्राप्त गरेकी छिन् । </p>
May 18, 2022
चितवन - CTW, राजनीति
भरतपुर महानगरपालिकामा रेनुको अग्रता कायमै
By साझासवाल
2 मिनेट पढाइ










