२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामको माई नगरपालिकामा गठबन्धन हराउँदै प्रमुख उप्रमुखमा एमाले विजयी

२०७९, ४ जेष्ठ बुधबार ०५:३२

जेठ ४, इलाम | इलामको माई नगरपालिकामा सत्तारुढ गठबन्धनलाई हराउँदै नेकपा एमालेले प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ । एमालेका मेयरका उम्मेदवार खम्बसिंह लिम्बुले गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार धनकुमार लिम्बुलाई एक हजार ६१७ मतले पराजित गरेका हुन् ।

लिम्बुले ८ हजार १३२ मत पाउदा  माओवादी केन्द्रका धनकुमार लिम्बुले ६ हजार ५१५ मत पाएका छन् । उपप्रमुखमा नेकपा एमालेकी हिमा भण्डारी निर्वाचित भएकी छिन् । उनले नेपाली कांग्रेसका हेमबहादुर लिम्बुलाई एक हजार ५३० मतले पराजित गरेकी हुन् । उपप्रमुखमा भण्डारीले सात हजार ८७५ मत पाउँदा लिम्बुले छ हजार ३३६ मत पाएकी छिन् ।

माई नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका राम बहादुर राई, २ मा नेकपा एमालेका उर्द बहादुर राई, ३ मा नेपाली कांग्रेसका देउकुमार तामाङ वडाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै, वडा नम्बर ४ मा नेकपा एमालेका हेम बहादुर लिम्बु, ५ मा एमालेका भुपेन्द्र पुर्बछाने मगर, ६ मा कांग्रेसका खड्ग सुन्दर योङहाङ, ७ मा एमालेका बुद्धिप्रसाद खनाल वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्बर ८ मा एमालेका अमृत बहादुर मोक्तान, ९ मा एमालेका लिला कुमार राई र १० मा पनि एमालेकै गणेश राई वडाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण