2026-10-02 07:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मतगणनामा लफडा : पोखरामा सुरु भयो, धरान र रौतहटमा रोकियो

जेठ ४, पोखरा | स्थानीय तह निर्वाचनको मत परिणाम गन्ने क्रममा पोखरा, कास्की र रौतहटमा लफडा भएको छ । पोखरा महानगरपालिकाको मतगणनास्थलमा सत्ता गठबन्धनले तोकिएकोभन्दा धेरै प्रतिनिधि राखेको भन्दै नेकपा एमालेका प्रतिनिधिले विरोध गरेपछि लफडा भएको हो ।

अपरान्ह विवादपछि केहीबेर रोकिएको मतगणनामा सहमति जुटेसँगै पुनः सुरु भैसकेको छ । निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गर्दा त्रुटि देखिएपछि बिवाद बढ्दा  रौतहटको ईशनाथ नगरपालिकामा मतगणना रोकिएको छ । विवाद बढेपछि नेकपा (एकीकृत समाजवादी), नेकपा एमाले र नेपाली काँग्रेसका प्रतिनिधिले मतगणना स्थलको कोठामा ताला लगाएको बताएका छन् । मतदान अधिकृतको कार्यालय इशनाथले मंगलबार राति वडा नं. ३ को मतगणना सकिएपछि मतपरिणाम सुनाउने क्रममा त्रुटि गरेको दलका कार्यकर्ताले बताएका छन् ।

धरान उपमहानगरपालिकाको मतगणनाका क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएका १८ वटा मतपत्र भेटिएपछि विवाद भएको छ । विवाद बढेपछि त्यहाँ मतगणना रोकिएको हो । १८ वटा मतपत्रमध्ये ११ वटामा माओवादीको उम्मेदवारलाई मत परेको थियो । उक्त वडामा काँग्रेसका पदम बहादुर लिम्बूले ४ मतान्तरले विजयी भएका थिए । विवाद भएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन । माओवादी केन्द्रका विजय तामाङ उनको निकटतम प्रतिस्पर्धामा छन् ।  दलको नेता तथा उम्मेदवारहरूलाई छलफलका लागि बोलाइएको निर्वाचन अधिकृत गणेश खतिवडाले बताए । बुधबार माओवादीका कार्यकर्ताहरूले मत सदर हुनु पर्ने भन्दै नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने