<p>जेठ ४, मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सीता पुलामी विजयी भएका हुन् ।<br></p><p>कालाखेतीले ९ हजार ३ सय १६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले ४ हजार ९ सय ७० मत पाए । उप्रेती गाउँपालिकाको निवर्तमान अध्यक्ष पनि हुन् ।</p><p>उपाध्यक्षमा सीता पुलामीले ६ हजार ४ सय ७० मत प्राप्त गर्दै विजयी भइन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सुजिता थिङले ५ हजार ४ सय ५४ मत प्राप्त गरिन् ।</p>
Related News


