2026-09-12 08:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हलेसी तुवाचुङको मेयरमा कांग्रेसका विमला र उपमयेरमा रमेश विजयी

जेठ ५, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमाले र नेकपा माओवादी केन्द्रको अघोषित गठबन्धनलाई तोड्दै कांग्रेसका विमला राई मेयर र रमेश राउत उपमेयरमा विजयी भएका हुन् । 

बुधबार राती सार्जननिक अन्तिम मतपरिणाम अनुसार विमलाले एमालेका उम्मेदवार खडेन्द्र राईलाई ३५१ मतले पछि पार्दै मेयरमा बाजी मारेकी हुन् । मेयरका लागि विमलाले ६३१७ मत र खडेन्द्रले ५९६६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २०७४ को स्थानीय निर्वाचनमा उपमेयरमा विजयी बनेकी विमला यसपल्ट मेयरमा फड्को मारेकी हुन् । खडेन्द्र अघिल्लो निर्वाचनमा पनि मेयरमा कांग्रेसका इवन राईबाटपछि पारिएका थिए ।

उपमेयर राउतले ५९३४ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अमेम्बर राईले ५६६१ मत पाएका छन् । राउत वडाध्यक्षबाट उपमेयरमा उक्लिएका हुन् । मुलुकभर एमाले बाहेकका गठबन्धन हुँदा हलेसी तुवाचुङमा एमाले र माओवादी केन्द्रको अघोषित चुनावी तालमेल भएको थियो । तालमेल भए पनि माओवादी केन्द्रकी मेयरका उम्मेदवार रुसिका राईले १०२ र एमालेकी उपमेयरका उम्मेदवार तुलसा बुढाथोकीले ५७० मत पाएकी छन् । 

११ वडा रहेको नगरपालिकाको आठ वडामा कांग्रेस, दुई वडामा एमाले र एक वडामा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कांग्रेसका रुद्रकुमार राई, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा कांग्रेसका देबेन्द्रकुमार राई, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा कांग्रेसका भुपालसिं राई, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा कांग्रेसका किशोरकुमार बस्नेत, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा कांग्रेसका रुपेन्द्रकुमार राई, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा माओवादी केन्द्रका गन राई निर्वाचित भएका छन् । 

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा कांग्रेसका कमल गिरी, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा कांग्रेसका टेकराज राई, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा कांग्रेसका काशीराज राई, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा एमालेका अर्जुनकुमार पुरी र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा एमालेका अनिश कार्की विजयी भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस