2026-09-08 10:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पृथ्वीसुब्बा गुरुङको गृहपालिकामा एमालेको प्यानलै विजयी

 जेठ ५, लमजुङ | नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गृहपालिका क्व्होलासोंथर गाउँपालिकामा एमालेको प्यानलै विजयी भएको छ । गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म एमालेका उम्मेदवार निर्वाचित भएका छन् । नेकपा एमालेका उपमहासचिव समेत रहेका गुरुङको गाउँपालिकाका जनप्रतिनिधिमा एकजना पनि अन्य दल निर्वाचित भएका छैनन् ।

गाउँपालिका अध्यक्षमा सूर्यप्रसाद गुरुङ निर्वाचित भएका छन् । उनले तीन हजार ८५६ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार ४८९ मत ल्याएका छन् । एक हजार ३ सय ६७ मत अन्तरले सूर्यप्रसाद गुरुङले चुनाव जितेका हुन् ।

मंगोल नेशनल अर्गनाइजेसनका भुवरजङ गुरुङले ५१ मत ल्याएका छन् । उपाध्यक्षमा  एमालेकै गमिमाया गुरुङ तीन हजार ९८९ मतका साथ निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना गुरुङले दुई हजार ३४० मत ल्याएकी छन् ।

एक हजार ६४९ मतान्तरले गमिमायाले चुनाव जितेकी हुन् । ९ वटा वडा रहेको क्व्होलासोंथर गाउँपालिकामा कुनै पनि वडामा अरु दलले जितेको छैन । क्व्होलासोंथर गाउँपालिकाको वडा नं. १ को अध्यक्षमा पेमा गुरुङ, २ मा खुसीमान गुरुङ, ३ मा आशविर गुरुङ, ४ मा नारायण गुरुङ, ५ मा गीतबहादुर गुरुङ, ६ मा मनलाल गुरुङ, ७ मा लक्ष्मण गुरुङ, ८ मा सन्तोष घले र ९ मा हुमराज गुरुङ निर्वाचित भएका छन् । ०७४ को स्थानीय निर्वाचनमा वडा नं. २ र ८ नेपाली कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित