2026-10-17 08:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीका पालिका प्रमुखकाे सपथ ग्रहण : सहभागी भएनन् सन्धिखर्क नगर प्रमुख श्रेष्ठ

जेठ ६, अर्घाखाँची | अर्घाखाँची जिल्लाका पालिकामा नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूलाई सन्धिखर्कमा सपथ ग्रहण गराइएकाे छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयाेजना गरिएकाे विशेष समाराेहमा जिल्ला न्यायाधीश बासुदेव न्याैपानेले नगपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरूलाई शुक्रबार पद तथा गाेपनीयताकाे सपथ ग्रहण गराएका हुन् ।

सपथग्रहणमा भूमिकास्थानका नगर प्रमुख झविलाल थापा, शीतगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पाैडेल, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्याैपाने र छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ सहभागी थिए । कार्यक्रममा सन्धिखर्क नगरपालिकामा निर्वाचित सबै जनप्रतिनिधिलाई सम्मानसहित प्रमाणपत्रसमेत प्रदान गरिएकाे थियाे ।

सवै स्थानीय तहका प्रमुखहरू सपथग्रहणमा सहभागी भए पनि सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ भने सहभागी भएनन् । आफ्नी आमाकाे निधन भएपछि किरियाकर्ममा रहेका कारण श्रेष्ठ सपथग्रहणमा सहभागी नभएका हुन् । श्रेष्ठलाई किरियाकर्मबाट निस्किएपछि सपथ ग्रहण गराउने तयारी गरिएकाे बुझिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु