जेठ ६, चितवन | भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायमै राखेकी छन् । साँझ पौने ७ बजेको विवरणअनुसार रेणुले ३ हजार ४ सय ३२ मतको अग्रता बनाएकी हुन् । हालसम्म ६० हजार ९ सय २५ मत गणना हुँदा रेनुले २३ हजार १ सय ५४ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १९ हजार ७ सय २२ मत ल्याएका छन् | त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ५ सय १३ मत पाएका छन् ।

यस्तै उपमेयरमा चित्रसेन अधिकारीले २५ हजार ३ सय ९२ मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरुङले १५ हजार ५ सय ३८ मत प्राप्त गरेकी छन् ।

भरतपुरको मेयरमा रेणु दाहालले ३,४३२ मतले बनाइन् अग्रता