२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

सूर्योदय नगरपालिकाको प्रमुखमा नेकपा एसका राई दोस्रो कार्यकालको लागि निर्वाचित

२०७९, ७ जेष्ठ शनिबार ०५:२५

 जेठ ७, इलाम | नेकपा (एकिकृत समाजवादीका) सम्मानित नेता झलनाथ खनालको गृह नगर इलामको सूर्योदयमा नेकपा एसका रणबहादुर राई निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका राईले नेकपा एमालेका उम्मेदवार काजिमान कागतेलाई पराजित गरेका हुन् । काजिमान कागते प्रदेश सासंदबाट राजीनामा दिएर दिएर नगरपालिका प्रमुखको उम्मेदवार बनेका थिए । राई सूर्योदय नगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । राईले १२ हजार ४३१ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका कागतेले दश हजार ५७९ मत पाएका छन् । राईले कागतेलाई एक हजार ८५२ मतान्तरले पराजित गरेका हुन् । राई २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार भएर नगरप्रमुख निर्वाचित भएका थिए । एमाले विभाजनपछि राई नेकपा एसमा लागेका थिए । नगरपालिकाको उपप्रमुखमा भने कांग्रेसका दुर्गा बराल निर्वाचित भएका छन् । उनले एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईलाई पराजित गरेका हुन् । गठबन्धनबाट उम्मेदवार बनेका बरालले ११ हजार ८५४ मत प्राप्त गरेका छन् भने भट्टराईले नौ हजार १२२ मत प्राप्त गरिन् । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेकी भट्टराई उपप्रमुखमा निर्वाचित भएकी थिइन् । उपप्रमुख दोहो¥याउ उनको चाहानामा काँग्रेसका बरालले पुरा हुन दिएनन् । सूर्योदय नगरपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका राजकुमार सेरेङ, २ मा एमालेका डिक बम्जन, ३ मा का्रग्रेसका लोकबहादुर प्रधान, ४ मा नेकपा एसका शरण राई निर्वाचित भएका छन् । त्यस्तै वडा नं ५मा का्रग्रेसका उर्गेन बम्जन, ६ मा एमालेका शिवकुमार बस्नेत, ७ मा कांग्रेसका एलबी राई, ८ मा कांग्रेसका जंग गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी ९ मा नेकपा एसका देवेन्द्र आचार्य, १० मा नेकपा एसका पेमा उर्गेन (भाइचुङ), ११ मा कांग्रेसका सन्तोष राई, १२ मा नेकपा एसका डोलेन्द्र भारध्वज, १३ मा नेकपा एमालेका हेम आचार्य र १४ मा कांग्रेसका बलबहादुर समाल निर्वाचित भएका छन् । एमाले र गठबन्धनको पाँच÷पाँच पालिका सूर्योदयको मत परिणाम सार्वजनिक भएसँगै इलाममा मतगणना कार्य सम्पन्न भएको छ । इलाम नगरपालिकाको प्रमुखमा कांग्रेसकी केदार थापा, उपाध्यक्षमा कांग्रेसकै बिष्णु सुब्बा निर्वाचित भएका छन् । सन्दकपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका तुला गुरुङ, उपाध्यक्षमा नेकपा एसका हरी लुङ्गेली मगर, रोङ गाउँपालिका अध्यक्षमा काँग्रेसका मणीकुमार स्याङबो (सुवास) र उपाध्यक्षमा एमालेकी विष्णु माया भुजेल, चुलाचुली गाउँपालिका अध्यक्षमा कांग्रेसका राजेन्द्र केरुङ, उपाध्यक्षमा एमालेकी दिलु लावती निर्वाचित भएकी छिन् । देउमाई नगरपालिका प्रमुखमा एमालेका सूर्य पोख्रेल, उपप्रमुखमा एमालेकी पविमाया राई निर्वाचित भएकी छिन् । त्यस्तै, माई नगरपालिका प्रमुखमा एमालेका खम्बसिंङ लिम्बु, उपप्रमुखमा एमालेकी हिमा भण्डारी निर्वाचित भएका छन् । फाकफोकथुम गाउँपालिमाको अध्यक्षमा एमालेका दिपेन्द्र खनाल र उपाध्यक्षमा एमालेकी कल्पना राई, माङसेबुङ गाउँपालिकामा एमालेका हेमन्त राई उपाध्यक्षमा जनता समाजवादी पार्टीका विनोद नेम्वाङ निर्वाचित भएका छन् । माइजोगमाई गाउँपालिका अध्यक्षमा कुशबहादु राई र उपाध्यक्षमा काँग्रेसकी प्रविना राई निर्वाचित भएका छन् । प्रमुख उपप्रमुख पनि गठबन्धन र एमालेको बराबरी इलाममा नेकपा एमालेका तर्फबाट १० जना प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षमा निर्वाचित भएका छन् । कांग्रेसका सात जना प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एसको तर्फबाट प्रमुख र उपाध्यक्ष गरी दुई जना निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका एक जना उपाध्यक्षमा निर्वाचित भएका छन् । गठबन्धनबाट एक प्रमुख र दुई उपाध्यक्ष पाएको माओवादी केन्द्रले भने प्रमुख र उपाध्यक्ष पदमा विजयी हुन सकेन । गठबन्धनबाट माई नगरपालिकाको प्रमुख, चुलाचुली गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको उपाध्यक्ष माओवादी केन्द्रले पाएको थियो । गठबन्धन कायम रहेमा जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र गठबन्धनको मत बराबर हुने भएको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा पालिका प्रमुख उपप्रमुख अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । एमाले र गठबन्धनको बराबरी मत भएपछि जिल्ला समन्वय समितिको निर्वाचन रोचक हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस