2026-06-20 03:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी

 जेठ ७, हेटौंडा | स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् । १९ वटा वडा रहेको हेटौंडामा नेकपा एमालेले ९ वटा वडा जितेको छ भने कांग्रेसले ८ वटा र नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रले एक÷एक वडामा विजय हासिल गरेको छ । एमालेले हेटौंडाको वडा नम्बर ४, ५, १०, ११, १३, १४, १५, १८ र १९ जितेको छ भने कांग्रेसले १, २, ३, ६, ७, ८, १६ र १७ नम्बर वडा, नेकपा एसले ९ नम्बर वडा र माओवादी केन्द्रले १२ नम्बर वडामा विजय हासिल गरेका छन् । एमालेबाट हेटौंडा ४ मा नविन सिग्देल (२११२), ५ मा सुशील घिमिरे (२५३०), १० मा फुर्वादोर्जे तामाङ (९७२), ११ मा जुना दाहाल (१५१४), १३ मा पेम्बा लामा (१३१५), १४ मा दीपक खड्का (१७८२), १५ मा सुनिल मोक्तान (२४९१), १८ मा अनिल कुमार बानियाँ (१८९८) र १९ मा नरनाथ सुवेदी ‘नवराज’ (१४२३) विजयी भएका हुन् । यस्तै, कांग्रेसबाट वडा नम्बर १ मा सविन न्यौपाने (१४६७), २ मा विष्णुगोपाल महर्जन (१२५८), ३ मा ढलकबहादुर थापा (१५८४), ६ मा बिष्णुबहादुर दाहाल (११८१), ७ मा दामोदर गौतम (१४९०), ८ मा राम थापा (२२१३), १६ मा रामकृष्ण कोइराला (२४३८) र १७ उद्धव सत्याल (१३१४) विजयी भएका हुन् । नेकपा एसबाट हेटौंडा ९ मा सुकराम केसी (२३४५) र माओवादीबाट हेटौंडा १२ मा ललितबहादुर घलान (१३७१) विजयी भएका छन् । २०७४ सालमा निर्वाचनमा एमालेले १२ वटा वडा अध्यक्ष जितेको थियो भने कांग्रेसले ५ र माओवादीले २ वटा वडा जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ