<p><b>जेठ ८, चितवन |</b> चितवन भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गरिएको छ । दाहाल सुवेदीभन्दा ८ हजार ४ सय ९४ मतले अगाडि छन् । पछिल्लो विवरणअनुसार प्रमुख पदमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३८ हजार ६ सय ५५ मत ल्याएकी छन् ।<br></p><p>नेकपा एमालेका उमेदवार विजय सुवेदीले ३० हजार १ सय ६१ मत ल्याएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार ६ सय ४१ मत ल्याएका छन् ।</p><p>यस्तै, उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार ९०० मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका हिमला गुरुङले २३ हजार ८ सय ७३ मत प्राप्त गरेकी छन् ।</p>
भरतपुरको मत अपडेट : दाहाल सुवेदीभन्दा ८ हजार ४ सय ९४ मतले अगाडि
