२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीमा एमालेलाई एक पालिका

९ जेष्ठ २०७९, सोमबार ०५:३९

जेठ ९, सर्लाही | सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । एमालेको तर्फबाट बरहथवा नगरपालिकाको प्रमुखको पदमा उम्मेदवारी दिएकी कल्पना कटुवाल विजयी भएकी हुन् । कटुवालकोे जितसँगै जिल्लामा एमाले पार्टीले एक स्थानमा प्रमुख र उपप्रमुख  पाएको छ । जिल्लाको पहिलो महिला मेयरमा निर्वाचित कटुवालले ५ हजार ६०७ मतान्तरले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार एवं निवर्तमान मेयर देवानन्द महतोलाई पराजित गरेकी हुन् । 

मेयरमा निर्वाचित कटुवालले १२ हजार २७३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी महतोले ६ हजार ६६६ मत मात्र पाए र पराजित हुन पुगे ।  निर्वाचित कटुवाल २०७४ सालको स्थानीय तह निर्वाचनमा महतोसँगै पराजित भएकी थिइन् ।  

उपमेयरमा पनि एमालेका उम्मेदवार रामबाबु प्रसाद साह विजयी भएका छन् । साहले २ हजार ७८४ मतान्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गंगा दाहाललाई पराजित गरे । उपप्रमुखमा निर्वाचित साहले ९ हजार ९०१ मत प्राप्त गर्दा निकटतम दाहालले ७ हजार ११९ मतमात्र प्राप्त गरिन् । 

यस्तै बरहथवा नगरपालिकाको वडाध्यक्ष पदमा एमालेका ७ जना, नेपाली कांग्रेसका ६ जना, जनता समाजवादीका २ जना र माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी, बहुजन एकता पार्टी नेपाल एक÷एक जना विजयी भएका छन् ।

योसँगै जिल्लामा नेपाली कांग्रेसले १२ पालिकामा विजयी भएको छ । माओवादी केन्द्र ४ पालिकामा र जनता समाजवादी दुई पालिकामा र लोकतान्त्रिक समाजवादी र नेकपा एमाले एक/एक पालिकामा विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’