2026-08-30 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले कार्यकर्ता पक्राउ परेपछि भरतपुरको मतगणना अवरुद्ध

जेठ ९, काठमाडौँ | भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ।

नेकपा एमालेका प्रताप नाम गरेका प्रतिनिधि गणनास्थलमै गएर मतपत्र पट्याउन थालेपछि विवाद भएर गणना रोकिएको हो। गणनास्थलमा एमालेले पठाएका प्रतिनिधि कर्मचारीले गणना गर्ने स्थलमा छिरेर मतपत्र पट्याउन थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

ती प्रतिनिधिले जालीभित्रै पसेर कर्मचारीले गर्ने काम गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

एमाले चितवनले भने आफ्नो प्रतिनिधि झुक्किएर जालीभित्र प्रवेश गरेको दाबी गरेको छ। एमालेका जिल्ला अध्यक्ष  रामप्रसाद न्यौपानेले आफ्नो प्रतिनिधि नियतवश नभई झुक्किएर प्रवेश गरेको दाबी गरेका छन्।

‘यो ठूलो इस्यु होइन। नियतशव होइन झुक्किएर गएको हो,’ उनले भने।

अहिले एमालेले ती प्रतिनिधिलाई छोड्नुपर्ने र अनिमात्रै गणना सुरु गर्नुपर्ने अडान लिएको छ। करिब चार बजेतिर यो घटना भएको हो।  

एमालेले पठाएका प्रतिनिधिलाई कर्मचारी ठानेर प्रहरीले पनि भित्र छिर्न दिएको थियो। तर उनी कर्मचारी नभएको अन्य प्रतिनिधिले बताएपछि मतपत्र पट्याउँदै गर्दा प्रहरीले समातेर नियन्त्रणमा लिएको थियो। ती प्रतिनिधि अहिले प्रहरी हिरासतमा छन्।

‘एजेण्ट बाहिर बस्नुपर्ने भित्र गएर बसे, हाम्रा प्रहरी कर्मचारीले पनि निर्वाचन कर्मचारी भनेर रोकेनन्,’ एक प्रहरी अधिकारीले भने, ‘थाहा पाउने वितिकै समातेर निनयन्त्रणमा लिएका छौैं।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने