जेठ १०, चितवन | चितवनकाे भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन् । उनी दाेस्राे कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

पछिल्लाे मतपरीणामअनुसार करिब २ हजार मतगणना हुन बाँकी छँदा रेणुले प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग १२ हजार १४० मतान्तर कायम गरेकी हुन् । दाहालले ५१ हजार ११२ मत पाउँदा सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् ।

अन्तिम परीणाम आउन बाँकी रहँदै उनी निर्वाचित भएकी हुन् । निर्वाचन अधिकृतकाे कार्यालयले सबै मतगणना भइसकेपछि नतिजा घाेषणा गर्नेछ ।

उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले जित सुनिश्चित गरेका छन् । अधिकारीले ५१ हजार ९०३ मत पाउँदा प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत पाएकी छन् ।

भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी