"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... "/>
2026-06-20 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

जितपछि रेणु दाहालको प्रतिक्रिया- पाँच वर्ष गरेको काम अनुमोदन भयो

जेठ १०, चितवन | भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक निर्वाचित भएपछि माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले आफूले पाँच वर्ष गरेको कामको अनुमोदन भएको बताएकी छिन्।


मंगलबार बिहान अन्तिम मतपरिणाम सार्वजनिक भएपछि भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्- 'भरतपुरमा देशैभरिको ध्यान थियो। विपक्षीहरुको निशाना पनि थियो। भरतपुरमा गठबन्धनको उम्मेदवारलाई चुनाव हराउने भन्ने खालको निशाना थियो। त्यसलाई परवाह नगरी विगतको कामको सही मूल्यांकन गरेर, ५ वर्षको कामको अनुमोदन गरिदिनुभएको छ। त्यसप्रति आभार व्यक्त गर्न चाहन्छु।'

उनले अब आफ्नो अन्तिम कार्यकाल भएकाले यसपटक पाएको अवसरको सदुपयोग गर्ने बताइन्। अवसरलाई एक सेकेन्ड पनि खेर नफालेर जनतालाई निराश हुन नदिने उनको प्रतिबद्धता छ। 

'पहिलो कार्यकालमा मैले जनताको भावना र अपेक्षाअनुसार काम गर्ने कोसिस गरेँ। मेरो बलबुता, क्षमता र तागतले भ्याएसम्मको मैले कोसिस गरेँ। म एउटा परीक्षण पार गरेर आएको छु। दोस्रो कार्यकालमा पनि विगतका अधुरा कामहरु र जनताले अपेक्षा गरेअनुसार सकेको कोसिस गर्नेछु। जनउत्तरदायी भएर, जनताको भावना बुझेर, विकासका अधुरा कामलाई पनि ध्यानमा राखेर भरतपुरलाई देशकै नमुना सहर बनाउने संकल्प विगतदेखिकै थियो। त्यसलाई पूरा गर्न कटिबद्ध भएर अगाडि बढ्नेछु', उनले भनिन्।

उनले आफूहरुले ३ देखि ७ हजार मतान्तरले जित्ने आकलन गरेको पनि बताइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ