२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका २९२ उम्मेदवारहरुको जमानत जफत

११ जेष्ठ २०७९, बुधबार १४:२४

जेठ ११, बैतडी | बैतडीका २९२ उम्मेदवारहरुको जमानत जफत भएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका १ हजार ४०८ मध्ये २९२ जना उम्मेदवारहरुले १०  प्रतिशत पनि मत प्राप्त गर्न नसकेपछि जमानत जफत भएको हो ।  

दशरथचन्द नगरपालिकामा ९२ जनाको धरौटी जफत भएको छ । ४ जना नगर प्रमुखका उम्मेदवार र ३ जना उपप्रमुखकासहित वडा अध्यक्ष र सदस्यका गरी ९२ जनाको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाको पाटन नगरपालिकामा पनि नगर प्रमुखका १ उपप्रमुखका १, वडा अधयक्षका १० र सदस्यका १४ जनागरी २६ जना उम्मेदवारको धरौटी जफत भएको छ । 

पुर्चाैडी नगरपालिकामा १९ जना उम्मेदवारको धरौटी जफत भएको छ । नगर प्रमुखका उम्मेदवार २ जना, उपप्रमुखका १ जना वडा अध्यक्षका ६ जना र १० जना सदस्यका उम्मेदवार गरी १९ जनाको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मेलौली नगरपालिकामा ३ जना नगर प्रमुखका उम्मेदवार सहित ५६ जनाको जमानत जफत भएको छ ।  

पञ्चेश्वर गाउँपालिकामा १ जना उपाध्यक्ष र ३ वडा सदस्यको गरी ४ जना उम्मेदवारको जमानत जफत भएको छ ।

डिलासैनी गाउँपालिकामा १८ जनाको धरौटी जफत भएको छ । पालिका अध्यक्षका उम्मेदवार २ जना, वडा अध्यक्षका ५ र वडा सदस्यका ११ जना गरी १८ जनाको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

बैतडीको सुर्नया गाउँपालिकमा १ जना अध्यक्ष, १ जना उपाध्यक्ष र ९ जना वडा अध्यक्ष तथा वडा सदस्य गरी ११ जनाको जमानत जफत भएको छ । 

शिवनाथ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष १÷१ जना, वडा अध्यक्षका पनि २ जना र ११ जना वडा सदस्यका गरी १५ जना उम्मेदवारको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

दोगडाकेदार गाउँपालिकामा २५ जनाको उम्मेदवारको धरौटी जफत भएको छ । अध्यक्षका २ जना, उपाध्यक्षका १ जना, वडा अध्यक्ष ८ जना र १४ जना वडा सदस्यका उम्मेदवारकोगरी २५ जनाको  जमानत जफत भएको हो ।

जिल्लाको सिगास गाउँपालिकामा पनि अध्यक्षका १ र उपाध्यक्षका पनि १, वडा अध्यक्षमा ७ र वडा सदस्यमा १७ गरी २६ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उम्मेदवारले कुल खसेको मत मध्ये १० प्रतिसत भन्दा कम मत ल्याएकाहरुको धरौटी जफत हुने प्रावधान रहेको छ । बैतडीमा १ हजार ४०८ उम्मेदवार चुनावी मैदानमा होमिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान