2026-10-02 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

द्वीपक्षीय विवादले लियो राजनीतिक रंग, विज्ञप्तीवाजीमा उत्रिए दल

जेठ १३, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा होटलमा भएको द्वीपक्षीय विवादले राजनीतिक रुपमा लिएको छ । बुधबार राति पूर्वसांसद एवं माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईमाथि हातपात भएको तथा स्थानीय पूर्णबहादुर राई घाइते भएको विषयलाई राजनीतिकरण गरिएको हो । सो घटनालाई लिएर कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन दल पूर्वसांसद राईको पक्षमा र एमाले पूर्णबहादुरको पक्षमा उभिएर आरोप प्रत्यरोपमा उत्रिएका छन् । 

गठबन्धन दलले पूर्वसांसद राईमाथि आक्रमण भएको भन्दै बिहीबार बिज्ञाप्तीमार्फत दोषीमाथि कारबाही माग गरेको छ । एमालेले पनि विज्ञाप्तीमार्फत पूर्वसांसद राई, विवेक राई, पदमा विक लगायत चार जनाले पूर्णबहादुरलाई मरणासन्न हुनेगरी कुटपिट गरी घाइते बनाएको आरोप लगाएको छ । 

कुटपिटबाट घाइते भएका पूर्णबहादुरलाई जालपा सामुदायिक अस्पतालमा सामान्य उपचार गरेपछि जिल्ला अस्पताल लगिएको थियो । उनको टाउकोमा चार टाँका चोट लागेको छ । घाँटीमा चोट तथा अनुहारमा निलडाम लागेको देखिएको छ । टाउकोमा चोट लागेको भन्दै जिल्ला अस्पतालले रेफर गरेपछि उनलाई बिहीबार साँझ काठमाडौं पठाइएको छ । 

पूर्वसांसदमाथि आक्रमण गर्ने भनिएकै व्यक्ति घाइते भएर अस्पतालमा भर्ना भएकाले घटनालाई कुप्रचार गरी ढाकछोपको प्रयत्न गरिएको एमालेको विज्ञप्तीमा उल्लेख छ । ‘घटना योजनावद्ध र सुनियोजित देखिन्छ । घटनालाई लुकाउने र अन्यत्र मोड्न विभिन्न किसिमका कुप्रचार गरी सत्यतथ्यलाई कमजोर बनाउन विभिन्न बाहनाबाजी गरेको देखिन्छ,’ एमाले अध्यक्ष रामप्रसाद दंगालले जारी गरेको विज्ञाप्तीमा भनिएको छ, ‘घाइतेको शिघ्र उपचारको व्यवस्था मिलाइ दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न सम्बन्धीत निकाय समक्ष जोडदार माग गर्दछौँ ।’ 

गठबन्धनकातर्फबाट कांग्रेस सभापति बिष्णुकुमार राई, माओवादी केन्द्रका जिल्ला संयोजक दिपक पाण्डे, नेकपा एसका अध्यक्ष जलसेर राई र जनता समाजवादीका अध्यक्ष टंक थापाले संयुक्त विज्ञप्ती जारी गर्दै पूर्वसांसद राईमाथि अराजक, उच्छृंखल व्यक्तिबाट गाली बेइज्जत गर्ने, सांघातिक आक्रमण गर्ने निन्दनीय कार्य भएको भन्दै घोर भत्र्सना गरेका छन् । ‘कानुन हातमा लिएर भौतिक आक्रमण गर्ने, धाक धम्की दिने र त्रासदीपुर्ण गतिविधि गरिनु अशोभनिय र अक्षम्य कार्य हो,’ विज्ञाप्तीमा भनिएको छ, ‘यस घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाही गर्न प्रशासन समक्ष जोडदार माग गर्दछौँ ।’ 

पूर्वसांसद राईले खाना खाएर सुत्ने तरखर गरिरहेकाबेला नजिकै बन्दुकले हान्ने भन्दै हो–होल्ला गरेपछि गएर सम्झाउन खोज्दा आक्रमण भएको बताए । तर एमाले जालपाका वडाध्यक्षका उम्मेदवार पवन राईले पूर्णबहादुरलाई होटलमा कुटपिट गरेपछि उल्टै आक्रमणको आरोप लगाएको दावी गरेका छन् । पूर्णबहादुरमाथि स्थानीय तहको निर्वाचनमा मतदानस्थलको बार तोडेको, विजय जुलुसमाथि बोत्तल हानेको लगायतका आरोप छ । कुटपिटमा संलग्न भएको भन्दै पूर्णबहादुर पक्षले पूर्वसांसद राईसहित ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने