2026-09-08 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले ललितपुर नेताको समीक्षा : आन्तरिक असहयोगका कारण पराजित भयौँ

जेठ १३, ललितपुर | ललितपुरमा नेकपा एमालेले स्थानीय तह निर्वाचनमा पराजय भोग्नुको कारण आन्तरिक अहसयोग र गठबन्धन ठानिएको छ । निर्वाचन पराजय हुनुमा जिल्ला नेतृत्व नै कमजोर रहेको भन्दै एमाले नेताहरूको असन्तुष्टि  बढेको छ ।  

गोदावरी नगरपालिका मेयर उम्मेदवार गम्भीर राणा पार्टीभित्रैबाट सहयोग नहुँदा पराजय भोग्नु परेको बताउँछन् ।

उनी भन्छन्, ‘निर्वाचनमा लाग्दा भित्रैबाट सहयोग भएन ।’ उनी कांग्रेसका उम्मेदवार गजेन्द्र महर्जनसँग ३ हजार ९३८ मतले पराजित भए । 

महांकाल गाउँपालिकाकी अध्यक्ष उम्मेदवार कमला लामा पनि पार्टीभित्र राम्रो व्यवस्थापन नभएको कारण पराजय भोग्नु परेको बताउँछिन् । लामा गठबन्धनका उम्मेद्वार गणेश केसीसँग ५६८ मतले पराजित भइन् ।

नेकपा माओवादीको प्रभाव क्षेत्र मानिने बागमती गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार समेत रहेका पालिका कमिटी अध्यक्ष नवराज सञ्जेल एमालेको पराजय पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा हुनु पनि रहेको बताउँछन् । 

आफूहरू पराजयको समीक्षा गरिरहेको बताउँदै सञ्जेल भन्छन्, ‘मलाई मत दिने मतदाताको भावना बुझेर ५ वर्ष पालिकामा काम गर्छु ।’

पार्टी अध्यक्ष पुरुषोत्तम आचार्य पार्टीभित्रै असहयोग भएको स्वीकार्दै आन्तरिक समस्या पनि पराजयको कारक रहेको बताउँछन् ।  

एमालेले महालक्ष्मी र कोञ्ज्योसोममा  प्रमुख पद जित्न सफल भयो भने ललितपुर महानगरमा उपमेयरसहित ११ वडामा वडाध्यक्ष जितेको छ ।

महालक्ष्मीमा  ६ वडामा वडाध्यक्ष, गोदावरी, कोज्योसोम र बागमतीमा १ वडामा वडाध्यक्ष  जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो