2026-10-02 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

त्रियुगाकाे प्रमुखमा कांग्रेस र उपप्रमुख एमाले विजयी, गाईघाटमा एमालेलाई कांग्रेसकाे टक्कर

जेठ १७, उदयपुर | त्रियुगा नगर प्रमुखमा नेपाली कांग्रेसका वसन्तकुमार बस्‍नेत र उपप्रमुखमा नेकपा एमालेकी महेश्‍वरी राई निर्वाचित भएका छन् ।

साेमबार सार्वजनिक मत परिणामअनुसार बस्‍नेत १३ हजार ९ सय ५९ र राई १३ हजार ७ सय ३ मत प्राप्त गर्दै मेयर र उपमेयरमा निर्वाचित भएका हुन् ।

बस्‍नेतका निटकतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८ सय ७३ मत पाउँदा उपमेयरमा राईकी निटकटम प्रतिद्वन्द्वी सरिता राईले ११ हजार ९ सय ८१ मत पाएकी छिन् ।

नेकपा (माओवादी) सँग गठबन्धन गरेर मेयरमा उठेका नेकपा (एकीकृत समाजवादी) का बलदेव चौधरीले ९ हजार १ सय ४७ मत पाएका छन् भने उपमेयरकी प्रत्यासी माओवादीकी गीता खड्का कार्कीले ६ हजार ५ सय ६८ मत पाएकी छिन् ।  

गठबन्धन नगरी एक्लै लडेको कांग्रेस १६ मध्ये ९ वडामा कब्जा जमाउन सफल भएको छ । एमालेले ४ र माओवादीले ३ वडाध्यक्षमा जित हात पारेका छन् ।

कांग्रेसले १, ३, ४, ५, ८, ९, ११, १२ र १३ नम्बर वडामा र एमालेले २, ६, ७ र १० मा वडाध्यक्ष जितेका मुख्य निर्वाचन अधिकृतकाे कार्यालय उदयपुरले जनाएकाे छ । माओवादीले १४, १५ र १६ नं. मा प्यानलै जितेकाे छ ।

का‌ंग्रेसबाट जित्‍ने वडाध्यक्षहरूमा १ मा मनोजकुमार चौधरी, ३ तिलक कटुवाल, ४ मा बद्री बस्‍नेत, ५ मा उद्धवकुमार थापा, ८ मा राजकुमार राउत, ९ मा राजकुमार दनुवार, ११ मा सुमन्त कोइराला, १२ मा चुडाराज काफ्ले र १३ मा नवीनकुमार चौधरी रहेका छन् ।

त्यस्तै, एमालेका २ मा घमानसिंह खत्री, ६  मा योगेन्द्र दाहाल, ७ मा अम्मर दनुवार र १० मा किरण पाण्डे तथा माओवादीबाट १४ मा हिमराज मगर, १५ मा गणेशप्रसाद तिम्सिना र १६ मा मानबहादुर राई वडाध्यक्ष निर्वाचित भएका हुन् ।

कांग्रेस र एमालेले जितेका वडाहरूमा छिटफुट मिश्रित परिणाम आएको छ भने माओवादीले जितेको तीनवटै वडामा प्यानलै आएको छ । प्रायः सबै वडामा एमाले, कांग्रेसबीच कडा प्रतिस्पर्धा भएकाे थियाे ।

अघिल्लो निर्वाचनमा एमालेले कब्जा जमाए पनि बराबर रहेको सदरमुकाम त्रियुगामा यस पटकको निर्वाचन परिणामले पार्टीलाई झण्डै अस्तित्व रक्षाको अवस्थामा पुर्‍याएको देखाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने