2026-10-02 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गरौं : कमल थापा

जेठ २१, विराटनगर | राप्रपा नेपालका अध्यक्ष कमल थापा विराटनगरमा आयोजित छुट्टाछुट्टै अन्तरक्रिया र कार्यकर्ता भेलामा सहभागी भएका छन् ।  प्रदेश नम्बर १ को राजधानी विराटनगरमा ‘वर्तमानका चुनौती र विकल्प’ विषयमा बुद्धिजीवी वर्ग र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष थापाले धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचन प्रणाली राप्रपा नेपालको प्रस्ताव रहेको बताए ।

विभिन्न क्षेत्र, वर्ग, समुदायका व्यक्तिसँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपाल र पार्टीको भावी योजना तथा कार्यदिशाका बारेमा स्पष्ट पारेका थिए । पार्टीको एजेन्डाको बारेमा धारणा राख्दै थापाले धार्मिक, सांस्कृतिक पक्ष र महत्त्व, आर्थिक अवधारणा, बेरोजगारी समस्या, बढ्दो भ्रष्टाचार, कुशासनलगायतको चर्चा गर्दै राप्रपा नेपाललाई मुलुकको वैकल्पिक शक्तिको रूपमा स्थापित गर्न प्रयासरत रहेको उनले बताए ।

मुलुकको आर्थिक दुरावस्थाका कारण आगामी दिन झन् संकटग्रस्त हुनेतर्फ थापाले चिन्ता प्रकट गरेका थिए । उनले समस्याको निकास दिन र मुलुकलाई असफलताबाट जोगाउन सबै क्षेत्रबाट दलीय स्वार्थ र वादभन्दा माथि उठेर सोच्नु पर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो