2026-10-23 04:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गरौं : कमल थापा

जेठ २१, विराटनगर | राप्रपा नेपालका अध्यक्ष कमल थापा विराटनगरमा आयोजित छुट्टाछुट्टै अन्तरक्रिया र कार्यकर्ता भेलामा सहभागी भएका छन् ।  प्रदेश नम्बर १ को राजधानी विराटनगरमा ‘वर्तमानका चुनौती र विकल्प’ विषयमा बुद्धिजीवी वर्ग र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष थापाले धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचन प्रणाली राप्रपा नेपालको प्रस्ताव रहेको बताए ।

विभिन्न क्षेत्र, वर्ग, समुदायका व्यक्तिसँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपाल र पार्टीको भावी योजना तथा कार्यदिशाका बारेमा स्पष्ट पारेका थिए । पार्टीको एजेन्डाको बारेमा धारणा राख्दै थापाले धार्मिक, सांस्कृतिक पक्ष र महत्त्व, आर्थिक अवधारणा, बेरोजगारी समस्या, बढ्दो भ्रष्टाचार, कुशासनलगायतको चर्चा गर्दै राप्रपा नेपाललाई मुलुकको वैकल्पिक शक्तिको रूपमा स्थापित गर्न प्रयासरत रहेको उनले बताए ।

मुलुकको आर्थिक दुरावस्थाका कारण आगामी दिन झन् संकटग्रस्त हुनेतर्फ थापाले चिन्ता प्रकट गरेका थिए । उनले समस्याको निकास दिन र मुलुकलाई असफलताबाट जोगाउन सबै क्षेत्रबाट दलीय स्वार्थ र वादभन्दा माथि उठेर सोच्नु पर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ