2026-08-29 04:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

जिल्ला समन्वय समिति अर्घाखाँचीमा एमालेकाे प्यानल निर्विरोध

जेठ २२, अर्घाखाँची | जिल्ला समन्वय समिति अर्घाखाँचीकाे सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन् । ५ दलीय  गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । मतदातामध्ये दुई तिहाई एमालेकाे पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत गरिएन ।

यससँगै अब जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका नेता  जिवनारायण काेइराला निर्विरोध चयन भएका छन् । पाणिनी-५ मैदान निवासी कोईराला नेकपा एमाले प्रदेश कमिटीको सदस्य समेत रहेका छन् ।

यसैगरी उपप्रमुखमा एमाले  नेतृ  लक्ष्मी शर्मा ज्ञवाली निर्वाचित भएकी छन् ।  छत्रदेव-१ चिदीका निवासी ज्ञवाली नेकपाकाे निरन्तरताकाे रुपमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट बाट एमाले राजनीतिमा प्रवेश गरेकी हुन् ।

यसैगरी समन्वय समितिको खु्ल्ला सदस्यमा नेकपा एमालेका युवा नेताहरू  पाणिनी-७ का कमल घिमिरे , भुमिकास्थान-८ का झुपलाल खनाल र  सन्धिखर्क-७ का लक्ष्मण कँडेल निर्वाचित भएका छन् ।

महिला सदस्यमा एमाले नेतृ  टुल्कादेबी आचार्य, मालारानी-४,डालकुमारी भण्डारी, शितगंगा-१०,सीता आचार्य, मालारानी-१ चयन भएका छन् ।  दलित/अल्पसंख्यक सदस्य पदमा मिना बि.सी. परियार चयन भएका छन् ।

जिल्लाका ६ वटा पालिका मध्ये ३ वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुईवटा पालिकामा उपप्रमुख जिते सँगै एमालेको जित सुनिश्चित भएको थियो  । 

समन्वय समिति गठनको निम्ति आवश्यक १२ मत मध्ये नेकपा एमालेको  आठ,नेपाली कांग्रेसको दुई , राष्ट्रिय जनमोर्चाको एक र नेकपा माओवादी केन्द्रको एकमत रहेको छ । 

कुनै पदमा पनि उम्मेदवारी नदिएसँगै ५ दलीय  गठबन्धन जिल्ला समन्वय समितिबाट बाहिरीएको छ भने नेकपा एमालेले २०५४ सालको बिरासत फिर्ता गरेको छ । निर्वाचन कार्यालयले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो