2026-09-08 10:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा पदपूर्ति नहुँदा स्वास्थ्यका कर्मचारीले धान्दै वडा सचिवको काम

असार २, गोरखा | धार्चे गाउँपालिका- ६ स्थित काशिगाउँ स्वास्थ्य चौकीमा मित्री माया गुरुङ काम गर्छिन् । गुरुङ अनमी हुन् । सधैँ उनी कार्यालय पुग्नेवित्तिकै सुरुमा हाजिर गर्छिन् । कोही बिरामी आएका छन् भने सेवा दिन्छिन् । आएका छैनन् भने नजिकै रहेको वडा कार्यालय पुगिहाल्छिन् । दिनहुँ वडा कार्यालय नपुगी उनलाई सुखै छैन । बिदाबाहेक अन्य दिन उनको वडा कार्यालय र स्वास्थ्य चौकी आउजाउ गर्दैमा दिन बित्छ । 

तर, वडा कार्यालय उनी कसैको उपचारका लागि जाने भने हैन । उनी त्यस वडाको निमित्त ‘वडा सचिव’ पनि हुन् । दरबन्दीअनुसारको कर्मचारी पदपुर्ती नहुँदा उनले वडा कार्यालयको वडा सचिव र अनमी दुबैको जिम्मेवारी समाल्नु परेको छ । 

‘स्वास्थ्य चौकीमा काम हुँदा यता आउँछु, वडा कार्यालयमा काम हुँदा उता जान्छु । दिनमा कति पटक यताउता आउजाउ गर्नुपर्छ गनिसाध्य छैन्’, उनले भनिन् । 

वडा कार्यालयमा कार्यालय सहायक चन्द्रबहादुर गुरुङले सेवाग्राहीहरूको आवश्यक सबै डकुमेन्ट हेर्ने र सबै प्रक्रिया पूरा गर्छन् । ‘कार्यालय सहायक हुनुहुन्छ, उहाँले आवश्यक सबै प्रक्रिया पूरा गर्नुहुन्छ, त्यसपछि मैले कागजातहरु हेरेर आधिकारिकता दिने, सिफारिस दिने लगायतका काम गर्छु’, उनले भनिन् । 

यही गाउँपालिकाको ४ नम्बर वडा कार्यालयमा पनि लाप्राक स्वास्थ्य चौकीको इन्चार्ज धनबहादुर गुरुङले वडा सचिवको अख्तियारी लिएर काम गरिरहेका छन् । 

‘पहिलेका सचिव सरुवा भएर गए, नयाँ आएका छैनन् । गाउँपालिकाले अख्तियारी दिएपछि मैले नै वडा सचिवको पनि काम गरिरहेको छु’, गुरुङले भने । उनी गत पुस २०७८देखि वडा सचिवको रुपमा काम गरिरहेका छन् । 

स्वास्थ्य चौकी ईन्चार्ज भएर पनि वडा सचिवको पनि जिम्मेवारी निभाइरहेकामध्ये अर्का हुन्- सपनाकुमार घिमिरे । उनी धार्चे-५ गुम्दा स्वास्थ्य चौकी इन्चार्ज हुन् । तर, विगत वर्ष दिनयता उनले पनि वडा सचिव अख्तियारी लिएर काम गरिरहेका छन् । 

‘नितान्त स्वास्थ्यका कर्मचारी भएर प्रशासनिक क्षेत्रको काम गर्दा जटिलता त छँदै छ । त्यो खालको अनुभव र तालिम पनि छैन । तर, पनि अन्त सोधेर काम गर्नुपर्छ’, घिमिरेले भने । 

धार्चे गाउँपालिकामा ७ वटा वडा छ । तर, यहाँ दरबन्दीअनुसारका दुई वडामा मात्रै वडासचिव छन् । अन्य वडामा भने स्वास्थ्यकै स्थायी कर्मचारीलाई वडासचिवको अख्तियारी दिएर कार्यसम्पादन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुल बहादुर आलेले बताए । 

‘दरबन्दीअनुसारको पदपूर्ति नहुँदा कार्यसम्पादनमा जटिलता र समस्या त छँदै छ । तर, पनि सेवाग्राहीको काम नरोकियोस्, सेवाग्राहीले दु:ख नपाउन् भन्ने उद्देश्यले स्वास्थ्यकै कर्मचारीलाई अख्तियारी दिएर सेवा प्रदान गरिरहेका छौँ’, आलेले भने ।

गाउँपालिकाको तर्फबाट रिक्त कर्मचारीको पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोग र संघको लोकसेवा आयोगसँग माग गरेको अध्यक्ष लक्ष्मण गुरुङ बताउँछन् । 

‘रिक्त दरबन्दीमा पदपूर्ति गर्नका लागि गाउँपालिकाको तर्फबाट हामीले प्रदेश सरकार र संघ सरकारसँग पहल गरिरहेका छौँ । तर, पदपुर्ती नहुँदाको समयमा पनि सेवाग्राहीहरुले समस्या नै भोग्नुपर्ने अवस्था हुँदैन । भएका कर्मचारीहरुलाई परिचालन गरि हामी सेवा दिन्छौँ’, अध्यक्ष गुरुङले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित