2026-10-23 04:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

घरघरमा सिंहदरबार पुग्नेगरी काम नहुँदा संघीयतामाथि प्रश्न उठ्योः मन्त्री शेखरचन्द्र थापा

असार ९, खोटाङ | प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाले जनप्रतिनिधिले घर घरमा सिंहदरबार पुग्नेगरी काम गर्न नसक्दा संघीयतामाथि प्रश्न उठेको बताएका छन् ।

डिभिजन वन कार्यालय खोटाङले बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको जिल्लास्थित दलका नेतासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले जनप्रतिनिधिको कार्यशैलीका कारण संघीयतामाथि लौरो उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

‘सिंहदरबारलाई घरघरमा पुर्‍याउन नसक्दा संघीयतामाथि नै प्रश्न उठ्न थालेको छ । घरघरमा सिंहदरवारको अनुभूति दिन सक्छौँ/सक्दैनौं यो विषयलाई स्थानीय सरकार, प्रदेश सरकारले सोच्नुपर्ने बेला आएको छ,’  मन्त्री थापाले भने, ‘कुर्सीमा बसेको बेला जनताको समस्यालाई पहिचान गरेर हल गर्दै लगे मात्र संघीयता आएको महसुस हुन्छ । हामीले दिएको नाराले सार्थकता पाउँछ ।” 

मन्त्री थापाले बजेट वितरणका क्रममा कुर्सीमा बसेर गरिने निर्णयभन्दा फिल्डमा पुगेर गरिने निर्णय प्रभावकारी हुने औंल्याएका छन् । उनले फिल्ड भिजिट गरेर प्राथमिकताको आधारमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । ‘कुर्सीमा बसेर मात्र गरेको निर्णयले कतिपय जनताको समस्या समाधान गर्न नसक्दो रहेछ,’ थापाले भने, ‘प्रत्यक्ष रुपमा फिल्ड भिजिट गरेर हेरेर निर्णय गर्नु र कुर्सीमा बसेर गरिने निर्णयमा आकाश पातालको फरक पर्ने रहेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ