२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाजु हरिशरणप्रति रविकाे सहानुभूति : जसले मलाई उठ्न सिकायाे, उविरुद्ध कहिल्यै उठ्दिनँ

२०७९, १० असार शुक्रबार ११:४०

असार १०, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नाे दाजु हरिशरण लामिछानेसँग कुनैखाले मनमुटाव नरहेकाे प्रष्टीकरण दिएका छन् । शुक्रबार रिपाेटर्स क्लबमा आयाेजित पार्टीकाे पत्रकार सम्मेलनमा पत्रकारहरूसँग छलफल गर्दै उनले भने, ‘जसले मलाई उठ्न सिकायाे, उविरुद्ध कहिल्यै उठ्दिनँ ।’ उनले आफूले दाजु हरिशरणबाट जहिल्यै आशीर्वाद लिँदै आएकाे र अझै लिने उनले बताए । ‘जसले मलाई हातमा डाेर्‍याएर हिँड्न सिकायाे, उविरुद्ध कसरी म जान सक्छु,’ उनले भनेका छन् ।

यसअघि असार ७ गते रविले पार्टीकाे घाेषणा गरेपछि उनका दाजु हरिशरणले भनेका थिए— राष्ट्रिय स्वतन्त्र पार्टीमा आजीवन जान्नँ । यसप्रति साेधिएकाे प्रश्नमा उनले भनेका छन्, ‘छलफल हुन्छ । छलफल पनि कहिलेकाहीँ आफ्नै तवरले अगाडि बढ्छन् । कहिले पारिवारिक छलफल हुन्छ । कहिले राजनीतिक छलफल हुन्छ । चुनावसम्ममा अवस्था परिवर्तन हुनसक्छ । हामी देशकाे बेथितिविरुद्ध लड्ने हाे, आफैँ लड्दैनाैँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना