२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तलब नदिएको आरोप लागेपछि झाँक्रीले भनिन्, ‘काम गरेको विवरण लिएर आउनुस्, आफ्नै तलबबाट दिउँला’

२०७९, १३ असार सोमबार ०७:१२

असार १३, काठमाडौँ | सहरी विकास मन्त्री हुँदा रामकुमारी झाँक्रीको सचिवालयमा काम गरेको पैसा नपाएको पत्रकार कान्ति न्यौपानेले आरोप लगाएकी छिन् । मन्त्री झाँक्री बाहिरिएसँगै उनले सामाजिक सञ्जालमार्फत आफूले उनको सचिवालयमा काम गरेबापत् ६/७ महिनाको तलब नपाएको गुनासो गरेकी हुन् ।


तर झाँक्रीले भने न्यौपाने नेताको भनसुनका आधारमा सचिवालयमा काम गर्न आएको तर आफूलाई मन्त्रालयमा कुनै सहयोग नगरेको दाबी गरेकी छन् । न्यौपानेलाई फागुनदेखि नै सचिवालयबाट बिदा गरेको पनि उनको भनाई छ । 'मेरो प्रेस सहयोगी मेरो काममा सहयोग गर्ने  होइन की, सचिव र अन्य कर्मचारीसँग आफूसँग सरोकार नभएका विषयमा चासो राख्ने, कन्सल्टेन्सी लिष्ट माग्ने,  मेरो सुविधा दिनु भनेर  मन्त्रालयको आन्तरिक शाखामा  गएर माग्ने आदि कुरा थाहा पाएपछि मेरो सार्वजनिक खर्च कटौतीको अभियानलाई समेत अप्ठ्यारो पर्ने भएपछि मैले नराख्ने निधो गरी फागुनको पहिलो हप्ता नै आज सम्मको कामका लागि धन्यवाद अब मलाई सहयोग गर्न आउन पर्दैन भनेको थिए,' उनले लेखेकी छन् ।

उनले थप लेखेकी छन्,  'मैले त एक महिना पनि सहयोग गरेको पाइनँ । उनले कति समाचार लेखिन् देख्न सक्नुहुन्छ। आफूले कुनै काम नगरी श्रमजीवीको नाममा तलब माग्न मिल्छ? म बसुञ्जेल मेरो काम गरेको विवरण लिएर आउनुस् म मेरो आफ्नै तलबबाट दिउँला। काम गरेर होइन मेरा विरुद्ध फेसबुकमा स्ट्याटस लेखे बापत तलब कसरी दिने?'

यस्तो छ झाँक्रीको भनाइ :

मेरो सचिवालयमा यस्ता पत्रकार राख्ने सुविधा थिएन। माधव कमरेडले पत्र सहित पटक पटक फोनमा यी कान्ति न्यौपाने अष्टलक्ष्मी शाक्यको प्रेस हेर्ने गरी उता जान लागेकी थिइन्, हामी सरकारमा जान्छौँ र कुनै मन्त्रीको प्रेस हेर्ने गरी नियुक्ति दिउँला भनेर ल्याएको हो जसरी पनि कतैबाट मिलाएर तलब खुवाउनु  राख्नु भन्नुभयो। पार्टी नेताको आदेश त मान्नै पर्‍यो तर तलब कहाँबाट खुवाउनु? नेपाल सरकारमा यस्ता पदमा जागिर लगाउन कुनै ठाउँ हुँदैन। प्रशासनिक पदमा त कानुन त जागिर लगाउन मिल्दैन। मैले पाउने  दुई जना ड्राइभर गाडी चलाउनु पर्‍यो, दुई जना सहयोगी मेरो परिवारको लागि खाना पकाउन चाहियो। स्वकीय सचिवमा एक जनाको तलब पार्टी कार्यालय पठाइदिनु भन्ने निर्णय थियो। अरू दुई जना मेरा जिल्लाको पार्टीले सिफारिस गरेका स्वकीय सचिव, जिल्ला र मेरो काममा सहयोग गर्न चाहियो। 
त्यसैले मैले मङ्सिर, पुस, माघ र फागुनको तलब दैनिक ज्यालादारीमा राखेर खुवाएँ । पहिलो कुरा तलब दिने ठाउँ छैन, दोस्रो उनको मलाई कुनै सहयोग छैन। उनकै प्रोफाइल हेर्नुस् मेरो सचिवालयमा बसेर मेरै क्याबिनेटका मन्त्रीबारे गरेका टिप्पणी । त्यसैले उनलाई मैले निकाल्नु पर्‍यो। कतिसम्म भने मेरो प्रेस सहयोगी मेरो काममा सहयोग गर्ने  होइन की, सचिव र अन्य कर्मचारीसँग आफूसँग सरोकार नभएका विषयमा चासो राख्ने, कन्सल्टेन्सी लिष्ट माग्ने,  मेरो सुविधा दिनु भनेर  मन्त्रालयको आन्तरिक शाखामा  गएर माग्ने आदि कुरा थाहा पाएपछि मेरो सार्वजनिक खर्च कटौतीको अभियानलाई समेत अप्ठ्यारो पर्ने भएपछि मैले नराख्ने निधो गरी फागुनको पहिलो हप्ता नै आज सम्मको कामका लागि धन्यवाद अब मलाई सहयोग गर्न आउन पर्दैन भनेको थिएँ। मैले त एक महिना पनि सहयोग गरेको पाइनँ । उनले कति समाचार लेखिन् देख्न सक्नुहुन्छ। आफूले कुनै काम नगरी श्रमजीवीको नाममा तलब माग्न मिल्छ? म बसुञ्जेल मेरो काम गरेको विवरण लिएर आउनुस् म मेरो आफ्नै तलबबाट दिउँला। काम गरेर होइन मेरा विरुद्ध फेसबुकमा स्ट्याटस लेखे बापत तलब कसरी दिने? -रामकुमारी झाँक्री

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना