१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तलब नदिएको आरोप लागेपछि झाँक्रीले भनिन्, ‘काम गरेको विवरण लिएर आउनुस्, आफ्नै तलबबाट दिउँला’

१३ असार २०७९, सोमबार ०७:१२

असार १३, काठमाडौँ | सहरी विकास मन्त्री हुँदा रामकुमारी झाँक्रीको सचिवालयमा काम गरेको पैसा नपाएको पत्रकार कान्ति न्यौपानेले आरोप लगाएकी छिन् । मन्त्री झाँक्री बाहिरिएसँगै उनले सामाजिक सञ्जालमार्फत आफूले उनको सचिवालयमा काम गरेबापत् ६/७ महिनाको तलब नपाएको गुनासो गरेकी हुन् ।


तर झाँक्रीले भने न्यौपाने नेताको भनसुनका आधारमा सचिवालयमा काम गर्न आएको तर आफूलाई मन्त्रालयमा कुनै सहयोग नगरेको दाबी गरेकी छन् । न्यौपानेलाई फागुनदेखि नै सचिवालयबाट बिदा गरेको पनि उनको भनाई छ । 'मेरो प्रेस सहयोगी मेरो काममा सहयोग गर्ने  होइन की, सचिव र अन्य कर्मचारीसँग आफूसँग सरोकार नभएका विषयमा चासो राख्ने, कन्सल्टेन्सी लिष्ट माग्ने,  मेरो सुविधा दिनु भनेर  मन्त्रालयको आन्तरिक शाखामा  गएर माग्ने आदि कुरा थाहा पाएपछि मेरो सार्वजनिक खर्च कटौतीको अभियानलाई समेत अप्ठ्यारो पर्ने भएपछि मैले नराख्ने निधो गरी फागुनको पहिलो हप्ता नै आज सम्मको कामका लागि धन्यवाद अब मलाई सहयोग गर्न आउन पर्दैन भनेको थिए,' उनले लेखेकी छन् ।

उनले थप लेखेकी छन्,  'मैले त एक महिना पनि सहयोग गरेको पाइनँ । उनले कति समाचार लेखिन् देख्न सक्नुहुन्छ। आफूले कुनै काम नगरी श्रमजीवीको नाममा तलब माग्न मिल्छ? म बसुञ्जेल मेरो काम गरेको विवरण लिएर आउनुस् म मेरो आफ्नै तलबबाट दिउँला। काम गरेर होइन मेरा विरुद्ध फेसबुकमा स्ट्याटस लेखे बापत तलब कसरी दिने?'

यस्तो छ झाँक्रीको भनाइ :

मेरो सचिवालयमा यस्ता पत्रकार राख्ने सुविधा थिएन। माधव कमरेडले पत्र सहित पटक पटक फोनमा यी कान्ति न्यौपाने अष्टलक्ष्मी शाक्यको प्रेस हेर्ने गरी उता जान लागेकी थिइन्, हामी सरकारमा जान्छौँ र कुनै मन्त्रीको प्रेस हेर्ने गरी नियुक्ति दिउँला भनेर ल्याएको हो जसरी पनि कतैबाट मिलाएर तलब खुवाउनु  राख्नु भन्नुभयो। पार्टी नेताको आदेश त मान्नै पर्‍यो तर तलब कहाँबाट खुवाउनु? नेपाल सरकारमा यस्ता पदमा जागिर लगाउन कुनै ठाउँ हुँदैन। प्रशासनिक पदमा त कानुन त जागिर लगाउन मिल्दैन। मैले पाउने  दुई जना ड्राइभर गाडी चलाउनु पर्‍यो, दुई जना सहयोगी मेरो परिवारको लागि खाना पकाउन चाहियो। स्वकीय सचिवमा एक जनाको तलब पार्टी कार्यालय पठाइदिनु भन्ने निर्णय थियो। अरू दुई जना मेरा जिल्लाको पार्टीले सिफारिस गरेका स्वकीय सचिव, जिल्ला र मेरो काममा सहयोग गर्न चाहियो। 
त्यसैले मैले मङ्सिर, पुस, माघ र फागुनको तलब दैनिक ज्यालादारीमा राखेर खुवाएँ । पहिलो कुरा तलब दिने ठाउँ छैन, दोस्रो उनको मलाई कुनै सहयोग छैन। उनकै प्रोफाइल हेर्नुस् मेरो सचिवालयमा बसेर मेरै क्याबिनेटका मन्त्रीबारे गरेका टिप्पणी । त्यसैले उनलाई मैले निकाल्नु पर्‍यो। कतिसम्म भने मेरो प्रेस सहयोगी मेरो काममा सहयोग गर्ने  होइन की, सचिव र अन्य कर्मचारीसँग आफूसँग सरोकार नभएका विषयमा चासो राख्ने, कन्सल्टेन्सी लिष्ट माग्ने,  मेरो सुविधा दिनु भनेर  मन्त्रालयको आन्तरिक शाखामा  गएर माग्ने आदि कुरा थाहा पाएपछि मेरो सार्वजनिक खर्च कटौतीको अभियानलाई समेत अप्ठ्यारो पर्ने भएपछि मैले नराख्ने निधो गरी फागुनको पहिलो हप्ता नै आज सम्मको कामका लागि धन्यवाद अब मलाई सहयोग गर्न आउन पर्दैन भनेको थिएँ। मैले त एक महिना पनि सहयोग गरेको पाइनँ । उनले कति समाचार लेखिन् देख्न सक्नुहुन्छ। आफूले कुनै काम नगरी श्रमजीवीको नाममा तलब माग्न मिल्छ? म बसुञ्जेल मेरो काम गरेको विवरण लिएर आउनुस् म मेरो आफ्नै तलबबाट दिउँला। काम गरेर होइन मेरा विरुद्ध फेसबुकमा स्ट्याटस लेखे बापत तलब कसरी दिने? -रामकुमारी झाँक्री

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ