२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वामदेवलाई प्रचण्ड र माधवको सकारात्मक जवाफ, ओली मौन

२०७९, १७ असार शुक्रबार ०८:१०

असार १७, काठमाडौँ | नवगठित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सचिवालय बैठक बोलाएका छन् । आफ्नै निवास भैंसेपाटीमा शुक्रबार दिउँसो तीन बजे सचिवालय बैठक बोलाएको प्रवक्ता निमकान्त पाण्डेले जानकारी दिए ।


संयोजक गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेपछि सचिवालय बैठक बोलाएका हुन् । ओली, प्रचण्ड र नेपालकै निवास पुगेर गौतमले भेटवार्ता गरेका थिए ।

तीनै जना अध्यक्षलाई गौतमले वाम एकता र एकता सम्भव नभए चुनावमा तालमेलको प्रस्ताव राखेका छन् । ‘हाम्रो जोड नेकपा पुनर्स्थापना नै हो । तर त्यो सम्भव नभए चुनावमा तालमेल गर्ने हो’ पाण्डेले भने, ‘सबैसँग सम्भव नभए मन मिल्नेहरुबीच एकता वा तालमेल गर्ने हो ।’

गौतमले ओली, प्रचण्ड र नेपालसँग लिखित प्रस्ताव नै बुझाएका छन् । गौतमलाई प्रचण्ड र माधवले भने सकारात्मक जवाफ दिएका छन् । ‘सबै विकल्पमा प्रचण्ड र माधव कमरेड तयार हुनुहुन्छ । तर केपी ओलीले भने कुनै जवाफ दिनुभएन’, गौतमलाई उद्धृत गर्दै पाण्डेले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना