२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. बाबुराम भट्टराईलाई दबाबमा राख्न बीरगञ्जमा बैठक, जालान् त बाबुराम ?

२०७९, १८ असार शनिबार ०७:४३

असार १८, काठमाडौं | बीरगञ्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएर अध्यक्ष उपेन्द्र यादवले आफूसँग असन्तुष्ट रहेका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई माथि थप दबाब बढाएका छन् ।

‘तीन सदस्य हेडक्वाटर’को सहमतिविना नै स्थानीय तह निर्वाचनमा टिकट वितरण गरेको, मन्त्रीमण्डल हेरफेरको अधिकार एकलौटी रुपमा लिएको लगायत विषयमा असन्तुष्ट रहदै आएका भट्टराईमाथि भौगाेलिक रुपमा आफ्नो पकड क्षेत्र बीरगञ्जमा बैठक बोलाएर यादवले उनीमाथि दबाब बढाएका हुन् ।

‘तीन सदस्यीय हेडक्वाटर’ अर्थात यादव, भट्टराई र अशोक राईको सहमतिमा मात्रै कुनै पनि महत्वपूर्ण निर्णय लिनु पर्ने यसअघि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकअनुसार कार्य नगरेको भन्दै असन्तुष्ट रहेका भट्टराईलाई थप दबाबमा राख्न सो स्थान रोजिएको यादव निकट एक नेताले बताए ।

‘भौगलिक रुपमा आफ्नो पक्कड क्षेत्र बीरगञ्जमा बैठक आह्वान गरेर सुरुमा नै भट्टराई पक्षधरलाई मनोवैज्ञानिक रुपमा कमजोर पार्ने र त्यस बैठकमा भट्टराई अनुपस्थित भए एकलौटी निर्णय लिएर अघि बढ्ने उदेश्यका साथ बैठक बोलाएको देखिन्छ,’ एक कार्यकारिणी सदस्यले भने, ‘सकेसम्म त विरगञ्ज बैठकमा भट्टराई नआउन् र भट्टराई नआएको बैठकबाट आफू अनुकुलको निर्णय गराउन सकियोस् भन्ने अन्तर्यका साथ अध्यक्ष यादव अघि बढेको देखिन्छ ।’

उनका अनुसार बीरगञ्ज बैठकमा भट्टराईको अनुपस्थिति देखाउँदै यादवले मन्त्रीमण्डल हेरफेरलगायत कार्यकारी अधिकार प्रयोग गर्न वैद्यानिक रुपमा बाटो खुल्ला भएको घोषणा गर्ने छन् ।

यसअघि बसेको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार कुनै पनि महत्वपूर्ण निर्णय लिँदा तीन सदस्यीय ‘हेड क्वाटर’ अर्थात भट्टराई, यादवसहित अशोक राईको सहमतिअनुसार हुने भनिए पनि यसै साता मन्त्रीमण्डल सिफारिस गर्ने सो अधिकार यादवले लिएको सार्वजनिक भएसँगै पार्टी थप आन्तरिक विवादमा फसेको छ ।

उता, केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीले आगामी २७–२८ असारमा कार्यकारिणी समिति बैठक बीरगञ्जमा आह्वान गरेको  सार्वजनिक गरे पनि बैठकका बारेमा भट्टराईसहित उनी निकट नेताले अझै खबर पाएका छैनन् ।

यादव निकट नेता मनिष सुमनले पार्टी कार्यालयबाट बैठकका बारेमा इमेलमार्फत खबर पाएको बताए पनि भट्टराई निकट अर्की नेतृ अमृता अग्रहरीले भने कुनै खबर नपाएको बताइन । ‘मैले मिडियामार्फत खबर पाएको हुँ, अहिलेसम्म औपचारिक रुपमा बीरगञ्ज बैठकका बारेमा कुनै खबर आएको छैन,’ अग्रहरीले भनिन्, ‘उपेन्द्रजीले आजकाल कसैलाई खबर गर्ने कसैलाई नगर्ने गर्दै आउँनु भएको छ, सायद अहिले हामीलाई पनि खबर नदिएको होला ।’

तर, यादव निकट नेताहरूले भने इमेलमार्फत खबर प्राप्त गरिसकेका छन् । ‘विरगञ्ज बैठकका बारेमा हामीलाई त खबर आएको छ, केहीलाई अझै नपुगेको भन्ने सुनियो, अब बिस्तारै जाला,’केन्द्रीय कार्यकारिणी समिति सदस्य मनिष सुमनले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना