१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री हेरफेर पछि जसपाभित्र असन्तुष्टि, पार्टी छाड्ने मनस्थितिमा रेणु

२० असार २०७९, सोमबार ०९:४६

असार २०, काठमाडौं | जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरू हेरफेर गरेपछि पार्टीभित्र असन्तुष्टि झनै चुलिएको छ । भौतिक तथा पूर्वाधार मन्त्रीबाट फिर्ता बोलाए पछि जसपाकी कार्यकारिणी सदस्य रेणु यादवले मन्त्री हेरफेरको प्रक्रिया प्रति असन्तुष्टि जनाएकी हुन् ।


पार्टीबाट राजीनामा दिने मनस्थितिमा नै पुगिसकेको उनी निकट नेताहरूले बताएका छन् । उनको असन्तुष्टि मन्त्रीबाट हटाउनेमा भन्दा पनि एक जनालाई यथावत् राख्नेमा रहेको तीन नेताको भनाइ छ । कार्यकारिणी समितिको बैठकमा छलफल हुँदा चारैजना मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ चारजनालाई पठाउने निर्णय भएको थियो । तर अध्यक्ष उपेन्द्र यादवले पार्टीको निर्णय विपरीत सो कार्य गरेको यादवको गुनासो रहेको छ ।

‘पार्टीमा अरू पनि सांसद छन्, महिलाहरू छन् । उनीहरूमध्ये पनि केही एक जनालाई मन्त्री बनाए हुन्थ्यो । राजेन्द्र श्रेष्ठ नै मन्त्रीमा किन दोहोरिनुपर्‍यो ?,’ यादवको प्रश्न छ । एकजना महिलालाई हटाएर अर्को महिला पठाउनु पर्नेमा त्यसमा पनि पार्टी नेतृत्व चुकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ