२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्रमुख हमालले बजेट ल्याउँदा कुनै सल्लाह नगरेको भन्दै धनगढी सभामा कुर्सी हानाहान

२०७९, २० असार सोमबार १०:३०

असार २०, धनगढी | धनगढी उपमहानगरको आज सोमबार बसेको आठौं नगर सभाको तेस्रो बैठकमा चर्को विवाद भएको छ । सो क्रममा उपप्रमुख कन्दकला रानाले आफ्नो सल्लाह विना नै बजेट पुस्तिका प्रकाशित गरिएको भन्दै विरोध गरेकी थिइन ।

उपमेयर रानाले विरोध गरेपछि एमाले र माओवादी पक्षका जनप्रतिनीधिले कुर्ची उठाएर फालेर उपप्रमुख रानाका समर्थन गरेका थिए । उता काँग्रेस पक्ष जनप्रतिनिधिले भने धनगढी प्रमुख गोपाल हमालले ल्याएको बजेट पुस्तिकामा समर्थन गरेको छ ।


प्रमुख हमालले उपमहानगरको बजेट ल्याउँदा कुनै सल्लाह नगरी पुस्तिका छपाएको भन्दै एमाले र माओवादीका जनप्रतिनिधिले बैठकमा नाराबाजीसहित विरोध गरेका हुन् । सो क्रममा उनीहरुले आफू बसेको कुर्सीले बिरोधी खेमातिर फालेका थिए ।

स्वतन्त्र उम्मेदवार बनेर विजय भएका हमाललाई भने काँग्रेस पक्ष जनप्रतिनिधिले ले समर्थन गर्दै बिरोधमा उत्रेका एमाले र माओवादी पक्षको प्रतिकार गरेको छ ।

१९ वटा वडा रहेको यो उपमहानगरपालिकामा उपप्रमुखसहित ६ वटा वडामा एमाले, काँग्रेसले ११ वटा वडामा र माओवादीले २ वटा वडामा जितेको छ ।

यसअघि उपमहानगरका हरेक बैठकको प्रत्यक्ष प्रसारण हुनेगरेकोमा सोमबारको बैठकमा विवाद भएपछि फेसवूकबाट गरिएको प्रत्यक्ष प्रसारण वन्द गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ