२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संवैधानिक परिषद् र नागरिकता विधेयकमाथि गठबन्धनमा छलफल गर्न नारायणकाजटी श्रेष्ठकाे माग

२०७९, २७ असार सोमबार ०५:१५

असार २७, काठमाडौं | नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभामा प्रस्तुत भएको संवैधानिक परिषद् ऐन र ल्याउन खोजिएको नागरिकता विधेयकमा पाँच दलीय गठबन्धनभित्र छलफल गर्न माग गरेका छन् ।

विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्ने प्रावधानको विरोध गर्नेले पुनः सोही प्रावधान राखेर संवैधानिक परिषद् विधेयक ल्याउनु दोहोरो चरित्र भएको भन्दै पाँच दलीय गठबन्धनमा छलफलको माग गरेका हुन् ।

‘संवैधानिक परिषद् ऐन संशोधन विधेयकको हकमा पनि तत्कालीन प्रम केपी ओलीले अध्यादेशमार्फत ल्याएको र हामी सबैले विरोध गरेको प्रावधान नै ल्याउन खोज्नु नैतिक र उपयुक्त हुन सक्दैन, यस्तो दोहोरो मापदण्ड प्रदर्शन नगरौं’, श्रेष्ठले भनेका छन्, ‘संसदमा ल्याउन खोजिएको नागरिकता ऐन संशोधन विधेयक र संसदमा प्रस्तुत गरिसकिएको संवैधानिक परिषद् ऐन संशोधन विधेयककाबारेमा पाँच दलीय गठबन्धनमा अविलम्ब छलफल हुनुपर्दछ र आम सार्वजनिक बहस पनि हुनु पर्दछ ।’ 

बाबु ,आमा दुवै नेपाली नागरिक भएका सन्तानले समेत नागरिकता नपाई राज्यविहीन भएर भोग्नु परेको पीडाको तत्काल अन्त्य गर्न उनीहरूलाई नागरिकता प्रदान गर्ने कानुनी  व्यवस्था गरिहाल्नु पर्ने उनको माग छ । ‘तर राज्य व्यवस्था समितिले पारित गरेको अरु प्रावधान्लाई लत्याएर उल्टो त्यहाँ अल्पमतमा परेको प्रावधान लागु गर्ने गरी कानुनी व्यवस्था गर्नु कसरी स्वीकार्य हुन्छ ? कमसेकम विवाद र मतभेद रहेको  विषय अहिले केही समयका लागि स्थगित गरेको भए पनि सकारात्मक रुपमा लिन सकिन्थ्यो,’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन, ‘तर यस्तो संवेदनशील मुद्दामा ,मतभेद रहेको तर अल्पमतमा परेको, प्रावधान लागुगर्ने गरी अघि बढ्न  खोज्नु  न्युनतम लोकतान्त्रिक मान्यताको पनि विरुद्ध हुन्छ, छलफल गरौं र सकारात्मक समाधान निकालौं ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ