साउन ६, काठमाडौँ | प्रतिनिधिसभाबाट नेपाल नागरिकता पहिलो संशोधन विधेयक–२०७९ बहुमतले पारित भएको हो । गृहमन्त्री बालकृष्ण खाँणले शुक्रबार राति सदनमा सो विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । विधेयकमाथिको दफावार छलफलपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा सत्तापक्षका सांसदहरुले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए । प्रतिनिधि सभाबाट पास भएको यो विधेयकले वैवाहिक अंगीकृत नागरिकता कसरी कुन विधिबाट दिने भन्ने व्यवस्थाप्य समेटेको छैन । यसबारेमा पछि राजनीतिक दलबीच छलफल गरेर टुङ्गोमा पुग्ने गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् । जसलाई सभामुख अग्नि सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा हुन्छ भन्ने सदस्यहरुको बहुमत देखिएपछि विधेयक बहुमतले पारित भएको घोषणा गरे ।