२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेता र कर्मचारीकोे पैसा कहाँ लुकाउने भन्ने चिन्ताले मुलुक बिग्रियो: मन्त्री चौधरी

२०७९, १८ श्रावण बुधबार ११:५२

साउन १८, काठमाडौं | शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताएका छन् । 

उनले बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८÷७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे तीन दिने गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

 

सरकारमा सहभागी भएपछि मन्त्री नै अवैध आम्दानी, सन्तानका लागि सम्पत्ति जोड्ने, कमिसनमा ध्यान दिने र कर्मचारी पनि त्यही क्रियाकलापमा संलग्न हुने गरेको मन्त्री चौधरीले बताए ।

‘नेता, मन्त्री र सरकारी कर्मचारी नै अकुत सम्पत्ति आर्जन गरेर पैसा कहाँ लुकाउने भन्ने चिन्ता गर्न थालेपछि देश बिग्रियो । यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ मन्त्री चौधरीले भने । 

सबैको सकारात्मक प्रतिबद्धताले मात्र देश निर्माण हुन सक्ने बताउँदै मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा मन्त्रालयले कार्य प्रगति र कार्यक्रम कार्यान्वयनमा थप फड्को मार्ने विश्वास व्यक्त गरे ।  

मन्त्रालयका निमित्त सचिव पद्मकुमार मैनालीले मन्त्रालयले हासिल गरेको प्रगतिलाई थप बढाउँदै लैजान अधिकारीहरुलाई निर्देशन दिएका थिए । उनले मुलुक निर्माणका लागि राष्ट्र सेवक कर्मचारीले नयाँ मानसिकताका साथ काम गनुपर्ने बताए ।   

मन्त्रालय अन्तर्गतका विभिन्न विभाग तथा महाशाखा प्रमुखहरुले तीन दिनसम्म गत आवको प्रगति विवरण तथा आगामी कार्यक्रम कार्यान्वयनबारे छलफल गर्ने कायक्रम रहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार