१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसपाली चुनावका दिन एकादशी र रबिवार हो, मासुभातले काम गर्दैन: रवि लामिछाने

२१ श्रावण २०७९, शनिबार ०९:२४

साउन २१, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला पार्टीसँग कुनै चुनावी एजेण्डा नै नभएको बताएका छन् । ठूला भनिएका पार्टीसँग आउँदो मंसिर ४ को चुनावमा जनतासँग भोट माग्ने नैतिकतासमेत नभएको दाबी गरे । 


शनिवार बुटवलमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले ६/६ जना पूर्वप्रधानमन्त्रीले गर्व गर्न लायक कुनै काम नगरेको दाबी गरे ।

उनले नेपाली मतदाता मासुभातमा बिक्छन भन्ने आरोप लाग्ने गरेकाले त्यसलाई यसपटक तोड्नुपर्ने बताए । ‘यसपाली चुनावका दिन एकादशी र आइतवार अर्थात् रबिवार परेको छ । मासुभातले समेत काम गर्ने छैन’, उनले भने, ‘आफैँ पढेको त्रिचन्द्र कलेजको दूरावस्था हुँदा पनि सुधार्न नसक्नेहरूले के गर्छन ?’ उनले ठूला पार्टीहरूले जनतालाई झुक्याइँ मात्रै राखेका दाबी गर्दै त्यस्ता झुटको पछि नलाग्न आग्रह गरे । 

उनले आफू नेतृत्वमा आएमा २४ सैं घण्टा नागरिकको समस्या सुन्ने संयन्त्र वातावरण बनाउने बाचा गरेका छन् । ‘भ्रष्टाचार हेर्न नसक्ने अख्तियार, भ्रष्टाचारीको फाइल हेर्न नमिल्ने न्यायालयको के काम’ भन्दै उनले जनताको असली शासन व्यवस्था आफूहरूले ल्याउने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण