१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए सिइओ नियुक्ति नियमविपरित भएको आरोप, पाँच सय प्रतिशत तलब भत्ता वृद्धि

२१ श्रावण २०७९, शनिबार ०९:३९

साउन २१, लण्डन | गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारी निर्देशक (सिइओ) मा नियुक्ति नियमविपरित भएको आरोप छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यको एकल निर्णयले शुक्रबार रवि किरण अधिकारीलाई सिइओ नियुक्त गरिएको थियो । 

गैरआवासीय नेपाली संघका उपहासचिव रामशरण सिम्खडाका अनुसार अध्यक्ष आचार्यले संघको नियमावली विपरित नवनियुक्त सिइओलाई पाँच सय प्रतिशतभन्दा बढी तलब भत्ता दिने गरी करार गरेका छन् । यही कारण संघका पदाधिकारीले उनको आलोचना गरेका छन् ।

 

संघको नियमावलीमा सिइओले पारिश्रमिकको रुपमा एक लाख ४८ हजार तीन सय ६५ रुपैयाँ पाउनु पर्ने उल्लेख छ । अध्यक्ष आचार्यको एक निर्णयले इन्धन भत्ता ३० हजार महंगी भत्ता ३१ हजार सात सय १६ र छुट्टै खानाभत्ता १० हजार रुपैयाँ थप दिने निर्णय गरेका छन् । आचार्यको निर्णय संघको कर्मचारी नियमावली विपरित रहेको पदाधिकारीको भनाइ छ ।

यसअघि महङ्गी भत्तामा पाँच हजार, इन्धन भत्ता पाँच हजार, दिने गरिएको थियो । यस्तै, खाजाभत्ता ३७ सय दिँदै आइएको थियो । कर्मचारीसम्बन्धी नियमावलीअनुसार भत्ता र आधारभूत तलबको पुनरावलोकन संघको अन्तराष्ट्रिय कार्यकारी सचिवालय (आइइएस)ले मात्र गर्न सक्ने प्रावधान रहेको संघका उपाध्यक्ष डा. हेमराज शर्माले जनाए । 

शर्माले संघको अधिकारिक निर्णयविना सर्वसाधारणबाट उठाएको रकम दुरुपयोग गरेको बताए । 

सिइओ नियुक्तिमा कुनै समस्या छैन् तर तबल भत्ता के कारणले अस्वभाविक रुपमा बढाइयो त्यस बारेमा आगामी कार्यसमिति बैठकमा छलफल गर्ने शर्माले न्युज कारखानालाई बताए । 

संघका महासचिव गौरीराज जोशीले सिइओ पद लामो समयदेखि खाली हुँदा काम पेन्डिङमा रहेकोले अन्तिम निर्णय गरेको बताए । उनले भने, ‘काम धेरै बाँकी छन्, धेरै अलमल गर्ने समय थिएन् । त्यसैले शुक्रबारबाटै संघको कार्यालयको नेतृत्व समाल्ने गरी अधिकारीलाई नियुक्ति दिएको हो ।’  प्रमुख कार्यकारी निर्देशक (सिइओ)का लागि चार जना उम्मेदवारले गत शनिवार अन्तिम अन्तरवार्ता दिएका थिए ।

मासिक करिब २ लाख तलब, गाडी र भत्तासहितको सो आर्कषक पदको लागि राजेन्द्रकुमार राउत, अग्निप्रसाद उपाध्याय, बन्दना शर्मा र रविकुमार अधिकारी अन्तरवार्तामा सहभागी थिए । छनोट समितिले अन्तिममा अधिकारी र राउतको नाम सिफारिस गरेको थियो ।  

गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनपछि संघको नेतृत्व  कुल आचार्य, रविना थापा र डा. बद्री केसीले समाल्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण