२७ चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोविन्दराज जोशी तनहुँ १ मा चुनाव लड्ने तयारीमा

२२ श्रावण २०७९, आईतवार ०७:३७

साउन २२, काठमाडौँ | पूर्वगृहमन्त्री गोविन्दराज जोशी तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन्।

नेपाली कांग्रेसले पाँच वर्षका लागि पार्टी साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरेपछि जोशी कांग्रेस स्वतन्त्र अभियानमार्फत क्रियाशील रहँदै आएका छन्।


२०७४ सालको चुनावमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको आरोपमा जोशीमाथि अनुशासनको कारबाही कांग्रेसले गरेको थियो। उक्त कारबाही कांग्रेसले फिर्ता लिएको छैन।

जोशीले शनिबार दमौलीमा कांग्रेस स्वतन्त्र अभियानको भेला राखेर मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा आफू क्षेत्र नम्बर १ मा उम्मेदवार हुने बताएका हुन्।

वैशाखमा भएको स्थानीय चुनावमा ब्यास नगरपालिका मेयरमा उनका छोरा दीपकराज जोशी मेयर उम्मेदवार बनेका थिए। जोशीलाई नेकपा एमालेको समर्थन गरेको थियो। जोशी पराजित भएका थिए।

स्थानीय चुनावमा आएको मतअनुसार अब आफूले चुनाव जित्ने गोविन्दराजको विश्वास छ। तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उठ्ने तयारीमा छन्। पौडेल र जोशीबीच राजनीतिक सम्बन्ध राम्रो छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला कोशी पर्यटन वर्षको उद्घाटन गर्न गएनन् प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खदिजाबीच भेटवार्ता मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक पक्राउ साउनदेखि फागुन सम्ममा साढे १० खर्ब रेमिट्यान्स मुख्यमन्त्री सिंहले कूटनीतिक मर्यादाविपरीत भारत भ्रमणमा गएको विषयमा प्रस्ट्याए झापामा चट्याङ लागेर एकजनाको मृत्यु अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का टाउकोमा ढुंगा प्रहार गरी एकजनाको हत्या कमल थापाले तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरेको भने विवाहका लागि तयारी चलिरहेको समयमा छोरीले‘इङ्गेजमेन्ट’गरेको केटासँग आमा फरार मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो त्रिवि क्रिकेट मैदानको निमार्णकार्य २५ प्रतिशत सम्पन्न आज पनि शिक्षकहरूको काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन नारायणी नदीबाट सशस्त्र प्रहरीको टोलीले दुई जनाको शव निकाल्यो अछाम आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने निर्णय गरे उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु शिक्षा मन्त्रालयले वार्ताका लागि आमन्त्रण गर्दा शिक्षक कर्मचारीहरू वार्तामा आएनन्, गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने