२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शंकर पोखरेल भन्छन्- प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकताको सम्भावना छैन

२०७९, २२ श्रावण आईतवार ०८:०५

साउन २२, काठमाडौँ | एमाले महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन् । प्रचण्ड र माधव नेपालले सबैभन्दा बढी एमालेविरुद्ध मोर्चाबन्दी गरेकाले उनीहरुलाई ल्याएर एमाले बलियो हुन नसक्ने पोखरेलको भनाइ छ । 


एमाले जिल्ला कमिटी रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई उनले माओवादी केन्द्र र एकीकृत समाजवादी विचार, गन्तव्य, लक्ष्यमा द्विविधा रहेको पार्टी भएको बताए । ‘माओवादी केन्द्र र एकीकृत समाजवादीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहारामा हिँड्नुपर्ने बाध्यता छ,’ उनले भने । एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग नै रहेको उनले बताए । अब एमालेले पार्टी प्रवेश र ‘घर फर्क अभियान’ थाल्नुपर्ने उनको भनाइ छ ।

नेता पोखरेलले संक्रमणलाई लम्ब्याउने काम भइरहेको र त्यसको नेतृत्व पाँचदलीय गठबन्धनले गरेको आरोप पनि लगाए । लुम्बिनी प्रदेशका पहलिो मुख्यमन्त्रीसमेत रहेका पोखरेलले एमाले नेतृत्वको सरकार इतिहासकै सफल सरकार भएको बताए । उनले एमाले नेतृत्वको सरकारले गरेका राम्रा काम जनताकामाझ लैजानुपर्नेमा जोड दिए ।

‘प्रतिनिधिसभा विघटन गलत थिएन, जनतामा जानु गलत कुरा हो ? आफ्नो नेतृत्वमा बनेको सरकार कसले संकटमा पार्न खोज्छ ?, उनले प्रश्न गरे ।

पार्टीविरुद्धको घेराबन्दी एमाले नेतृत्वले गरेको राम्रा कामको परिणाम भएको उनको दाबी थियो । जनतामाझ एमाले लोकप्रिय भएकाले पाँचदलीय गठबन्धनले गठबन्धन गरेको उनले जिकिर गरे । ‘गठबन्धन सरकारको गलत कामको भण्डाफोर गर्नुपर्छ,’ उनले भने । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी