१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गठबन्धनका कुन दलको भागमा कति सिट?

२७ श्रावण २०७९, शुक्रबार ०७:४६

साउन २७, काठमाडौं | नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले मंसीर ४ गतेको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरिसकेको छ। तर सिट बाँडफाँटमा भने कुरा मिलेको छैन।


शीर्ष नेताहरूले भागबन्दा मिलाउन नसकेपछि कांग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलको साउन २६ गते बसेको बैठकले २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत बढी विश्वसनीय बन्न सक्ने निष्कर्ष निकालेको छ।

गत निर्वाचनमा वडाध्यक्षका सबै उम्मेदवारले प्राप्त गरेको १ करोड १५ लाख ४० हजार ३८ मत मध्ये गठबन्धनका पाँच दलले ६५ लाख ४८ मत पाएको थियो। गठबन्धन दलले प्राप्त गरेको मतलाई १६५ निर्वाचन क्षेत्रले भाग गर्दा प्रति निर्वाचन क्षेत्र ३९ हजार ३९४ मत पर्न जान्छ।

निर्वाचन आयोगका अनुसार गत वैशाख ३० गतेको निर्वाचनमा वडाध्यक्षमा कांग्रेसले ३९ लाख ५६ हजार १९३, माओवादी केन्द्रले  १५ लाख ३ हजार २४७, जसपाले  ५ लाख ७७ हजार ३८०, एकीकृत समाजवादीले ४ लाख २२ हजार ७३७ र जनमोर्चाले ४० हजार ४९१ मत पाएको थियो। जसअनुसार कांग्रेसले १००, माओवादीले ३८, जसपाले १५, एकीकृत समाजवादीले ११ र जनमोर्चाले १ सिट पाउने देखिन्छ।

स्थानीय निर्वाचनपछि बाबुराम भट्टराईको नेतृत्वमा जसपा विभाजित भएको छ। जसपाले वडाध्यक्षमा पाएको कति मत भट्टराई पक्षको हो भन्ने अनुमान गर्न भने सजिलो छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण