१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘काँग्रेस ८० सिटसम्म मान्छ होला’: प्रचण्ड

२८ श्रावण २०७९, शनिबार ११:२९

साउन २८, काठमाडौँ | नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटको बारेमा छलफल भएको छ । शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा सिट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलमा भएको प्रगतिबारे छलफल भएको हो ।


स्थायी समिति सदस्य लीलामणि पोखरेलका अनुसार बैठकमा कार्यदलका सदस्यहरूले हालसम्म भएको छलफलबारे रिपोर्टिङ गरेका थिए । बैठकमा नेपाली काँग्रेस लगायत दलहरूले राखेका आ–आफ्नो दाबी बारे सदस्यहरूले जानकारी दिएको पोखरेलको भनाई छ ।

कार्यदलका सदस्यहरूको कुरा सुनेपछि पार्टी अध्यक्ष प्रचण्डले काँग्रेस सिट बाँडफाँटमा ८० सिटसम्ममा मान्न सक्नेमा विश्वास व्यक्त गरेका थिए । ‘अध्यक्षले कुन–कुन नेतालाई टिकट दिने र कुन–कुन क्षेत्र छाड्न नहुने विषयमा पनि धारणा राख्नुभयो ।

आजको बैठकमा भएको छलफल अनुसार नै कार्यदलका सदस्यहरूलाई गठबन्धनको कार्यदलको बैठकमा कुरा राख्न आग्रह गर्नुभयो,’ पोखरेलले रातोपाटीलाई बताए । त्यस्तै आजको बैठकमा प्रचण्डले आफ्नो जापान भ्रमणको बारेमा पनि स्थायी समिति सदस्यहरूलाई ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण