२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिले राजीनामा दिनुपर्छ, नभए महाअभियोगबाट पदच्युत गरिनु पर्छ : तरुण दल

२०७९, ३० श्रावण सोमबार ११:०८

साउन ३०, काठमाडौँ | नागरिकता विधेयक फिर्ता गरेको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले सोमबार विज्ञप्ति निकाली राष्ट्रपतिको राजीनामा माग गरेका हुन्।

तरुण दलको माग : महाअभियोग प्रस्तावबाट राष्ट्रपतिलाई हटाऊ – darpannepal

राजीनामा नदिए महाअभियोग लगाएर भए पनि राष्ट्रपति भण्डारीलाई पदच्युत गर्नु पर्ने माग तरुण दलले गरेको हो।

नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले जनतामाथि खेलवाड गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राजनीतिक प्रतिशोध राखी नागरिताविहीन नागरिकहरूलाई संविधानले दिएको सार्वभौम अधिकारसमेत कुण्ठित हुनेगरी उक्त विधेयक फिता हुनुले नागरिकता प्राप्त गर्ने आशामा बसेका नेपाली नागरिकहरू फेरि अन्धकारको भुमरीमा धकेलिएका छन्।’

राष्ट्रपतिले पदको मर्यादामा बसेर नभई सीमित राजनीतिक दलको चौघेरामा बसेर काम गरेको आरोप तरुण दलले लगएको छ।

राष्ट्रपति भण्डारीले आइतबार नागरिकता विधेयक फिर्ता गरेकी थिइन्। त्यसको केही दल तथा समूहले स्वागत गरेका छन् भने सत्तारुढ दलले विरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी